८५५ कोरोना संक्रमित थपिए

आदर्श समाज सम्वाददाता
भाद्र ९, २०७७
corona_1

नेपालमा मंगलबार ८ सय ५५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले मंगलबार देशभरमा थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। यो सहित कुल संक्रमित संख्या ३३ हजार ५३३ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ३ सय १३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपालमा कोरोनामुक्त हुनेको संख्या कुल १९ हजार १ सय १९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसँगै मृतक संख्या १ सय ६४ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width