विजय नेपाल
पोखरा । महालेखापरीक्षकले आव २०७५/०७६ मा गण्डकी प्रदेश सरकारको १ अर्ब ६४ करोड रुपैयाँ बेरुजु देखायो । अघिल्लो महिना महालेखारीक्षकको प्रतिवदनमा कुल बेरुजुमध्ये ७ करोड ४८ लाख असुलउपर गर्नुपर्ने र २८ करोड ८१ लाख रुपैयाँको प्रमाण कागजात पेश गर्नुपर्ने भनी उल्लेख गरियो ।
यस्तै, १ अर्ब १२ करोड रुपैयाँ पेश्की फस्र्यौट गर्नुपर्ने प्रतिवेदनमा समेटिएको छ । प्रदेश सरकार मातहतका १ सय ३९ सरकारी कार्यालय र १० वटा अन्य संस्था तथा समितिको लेखापरीक्षण गरिएको हो । सरकारी कार्यालयको २३ अर्ब ३ करोड र अन्य संस्था तथा समितिको ८५ करोड रुपैयाँको लेखापरीक्षण गरिएको प्रतिवेदनमा उल्लेख छ ।
यसरी पौने दुई करोड बराबर बेरुजु देखिएपछि सोको फछ्यौट, अनुगमन तथा मूल्यांकन गर्ने गरी समिति नै गठन गरिएको छ ।
गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशस्तरीय बेरुजु फछ्यौट, अनुगमन तथा मूल्यांकन गर्ने गरी चार सदस्यीय समिति गठन गरेको हो । प्रमुख सचिवको संयोजकत्वमा गठित समितिका सदस्यमा आर्थिक मामिला सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन हेर्ने सचिव र प्रमुख प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रमुख रहेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सोमबारका मन्त्रिपरिषद्का सुनाउँदै जानकारी दिए ।
गएको वर्ष सबैभन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयको बेरुजू देखिएको थियो । १ अर्ब ४५ करोड अर्थात् ९१ प्रतिशत बेरुजु भौतिक पूर्वाधार मन्त्रालयमा मात्रै छ ।
यसैगरी, गत भदौ ३ मा बसेको मन्त्रिपरिषद् बैठकले पोखरास्थित क्षेत्रीय हुलाक निर्देशनालयको घरजग्गा प्रदेश मातहत ल्याउने निर्णय गरेको छ । सोको लागि पोखरा ७, शहीदचोकस्थित १ हजार ५ सय ४२ वर्ग मिटर क्षेत्रफलमा फैलिएको जग्गा र सो जग्गामा बनेको भवन प्रदेश सरकारलाई उपभोगका लागि स्वीकृत गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।
उता, भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्राविधिक दरबन्दीका लागि रिक्त ५२ जना सव इञ्जिनियर र इञ्जिनियर राख्न स्वीकृत गरेको छ । सरकारले गत वर्ष पनि ८८ जना सव इञ्जिनियर र इञ्जिनियरहरु प्रक्रिया पुर्याएर दरबन्दी गरेको थियो । यस्तै, पोखरा–२७, लेखनाथस्थित सरुवा रोग अस्पतालमा एक सय बेड राख्नका लागि आवश्यक सृदृढीकरण र साधनस्रोत संघीय सरकारसँग माग गर्ने निर्णय गरिएको छ । प्रदेश सरकारले गत महिना साविक लायन्स सामुदायिक अस्पताललाई कोभिड–१९ लक्षित गरी सरुवा रोग अस्पतालको रुपमा विकास गरेको हो ।
Related News
सम्बन्धित समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
पोखराको गन्नीलाई रनिङ सिल्ड
hero news full width
मुख्य समाचार
लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
श्रावण ९, २०८१सौर्य एयर दुर्घटनामा १८ जनाको मृृत्यु
श्रावण ९, २०८१त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
श्रावण ९, २०८१