दमौली अस्पतालमा भेन्टिलेटरसहित आइसोलेशन कक्ष

रासस
भाद्र ९, २०७७
Damauli Hospital

दमौली । दमौली अस्पतालमा भेन्टिलेटरसहितको आइसोलेशन कक्ष निर्माणका लागि सङ्घीय सरकारले २ करोड बजेट विनियोजन गरेको छ । कोभिड–१९ का सङ्क्रमित थपिँदै गएका र जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसोलेशन कक्ष निर्माण गर्न आवश्यक देखिएपछि सरकारले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट २ करोड बजेट विनियोजन गरेको हो ।

अस्पतालमा ४ भेन्टिलेटरसहितको दश शय्या क्षमताको आइसोलेशन निर्माणका लागि उक्त रकम विनियोजन गरिएको राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले जानकारी दिए । कोभिड–१९ को प्रभावले देशभर सङ्क्रमितको संख्या बढिरहेकोे अवस्था र तनहुँमा पनि सङ्क्रमितको संख्या बढ्दै गएकाले जनताप्रतिको उत्तरदायित्वका कारण आफूहरुले सरकारलाई भेन्टिलेटरको व्यवस्था गर्न आग्रह गरेको न्यौपानेले जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव बद्रीप्रसाद तिवारीले कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको भदौ २ गते बसेको बैठकबाट उक्त रकम दमौली अस्पताललाई निकासा गरिएको जानकारी दिए ।

दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीका अनुसार अस्पताल व्यवस्थापन समितिका तर्फबाट पनि सङ्घीय सरकारलाई सो विषयमा अनुरोध गरिएको थियो । अस्पतालमा दश शय्याको आइसोलेशन कक्ष निर्माणका लागि ठाउँको व्यवस्थापन गर्न सकिने अधिकारीले जानकारी दिए । अस्पतालमा सघन उपचार कक्ष निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट पनि १ करोड ६९ लाख बजेट प्राप्त भएको छ ।

प्रदेश सरकारबाट प्राप्त बजेटबाट सघन उपचार कक्ष निर्माणका लागि आवश्यक सामग्री खरिदका लागि टेण्डर गर्ने अन्तिम तयारी भएको छ । प्रदेश सरकारले पनि ५ भेन्टिलेटर खरिदका लागि रकम उपलब्ध गराएको छ । अस्पतालले गत वर्ष अक्सिजन प्लाण्ट खरिद गर्न प्रक्रिया शुरु गरे पनि असार अन्तिममा मात्रै आएर प्राविधिकले मूल्याङ्कन गरिदिएका कारण उक्त काम गर्न सकेको थिएन ।

जिल्लास्तरीय अस्पतालमा नै सघन उपचार कक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडौँ पुगेर स्वास्थ्य सेवा लिनुपर्दा आर्थिक भारसमेत पर्दै आइरहेको छ । कोरोना शङ्कास्पद बिरामीको उपचारका लागि दमौली अस्पतालको पुरानो भवनलाई आइसियुसहितको उपचार केन्द्र बनाउने गरी पूर्वाधार निर्माणमा जुटिएको अस्पतालले जनाएको छ ।

पन्ध्र रोपनी १४ आना जग्गामा फैलिएको अस्पताल थप जग्गाको अभावमा स्तरोन्नति हुन सकेको छैन । अस्पताल विकास समितिका अनुसार ५० शय्याको अस्पताल बनाउन ३५ देखि ८० रोपनी जग्गा आवश्यक पर्दछ । अस्पतालको स्तरोन्नतिका लागि आवश्यक पर्ने जग्गा गण्डकी प्रदेश सरकारसँग माग गरिएको छ । अस्पतालका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराइदिन जिल्लासभाले निर्णय गरेपछि बसेको सर्वपक्षीय बैठकले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रको केही जग्गा अस्पताललाई उपलब्ध गराइदिन प्रदेश सरकारसँग माग गरिएको हो ।

जिल्लासभाले दमौली अस्पतालसँगै जोडिएका कृषिज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गामध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराइदिन निर्णय गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width