चिर्पटले हानेर छिमेकीको हत्या

आदर्श समाज सम्वाददाता
भाद्र ८, २०७७
murder_Fotor

परासी । मदिरा सेवनपछि कुटपिट गरी छिमेकीको हत्या गर्ने दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।

शनिबार राति मदिरा सेवन गरेर झै–झगडा हुँदा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ८ पतलहवा टोल बस्ने ४१ वर्षीय अर्जुन यादवको कुटपिट तथा चिर्पट प्रहारबाट हत्या भएको जिल्लाका प्रहरी नायव उपरीक्षक राजु लामाले बताए ।

झगडाक्रममा शनिबार राति यादवमाथि दाउराका चिर्पटले टाउकोमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको लामाले जानकारी दिए । उनको शव घरको आँगन छेउमा थियो । घटनाको अनुसन्धान गर्न छिमेकी २ जनालाई नियन्त्रणमा लिइएको छ । अनुसन्धानपछि मात्र झगडाको कारण खुल्ने प्रहरीले जनाएको छ ।

स्थानीय डल्लु दुषाध र प्रतापपुर गाउँपालिका ८, फटकी टोल निवासी रोशन मल्लाहलाई प्रहरी नियन्त्रणमा लिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width