बार्यनले जित्यो छैठौं पटक च्याम्पियन्स लिग

आदर्श समाज सम्वाददाता
भाद्र ८, २०७७
Bayern

पोखरा । जर्मन क्लब बायर्न म्युनिखले छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले पराजित गर्दै बायर्नले च्याम्पियन्स लिग उपाधि जितेको हो ।

कोरोना भाइरको महामारीको कारण पूर्व निर्धारित खेल तालिका रद्ध गरी बाँकी खेल पोर्चुगलको लिस्वनमा खेलाइएको थियो ।

फ्रेन्च खेडाली किंग्सले कोमनले एकमात्र विजयी गोल गरेका थिए । उनले ५९औं मिनेटमा जोसअ किम्मिकको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

पीएसजी स्थापनाको ५० औं वर्षको अवधिमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुगेको हो ।

२०१३ यता बायर्नले च्याम्पियन्स लिग जित्न सकेको थिएन । बायर्नको यो छैठौं च्याम्पियन्स लिग उपाधि हो ।

बायर्नले यस सिजन जर्मन बुण्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिग जितेको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width