कास्कीमा निषेधाज्ञा नहटाउ – कास्की काँग्रेस

आदर्श समाज सम्वाददाता
भाद्र ७, २०७७

पोखरा, ७ भदौ । नेपाली काँग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग गरेको छ ।कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै तत्काल निषेधाज्ञा नहटाउन माग गरेको हो ।

सरकार गैरजिम्मेवार बनिरहेकाले कोरोना महामारीका कारण भयावह अवस्था सृजना हुने भन्दै जनतालाई उचित विकल्प दिएर निषेधाज्ञा जारी राख्न कास्की काँग्रेसले माग गरेको छ ।कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा निषेधाज्ञाका कारण जनजीवन कष्टकर भएपनि स्वास्थ्यका दृष्टिकोणले निषेधाज्ञा अझ कडाई गर्न आवश्यक रहेको उल्लेख छ ।

सरकारसँग जनताको आशा, विश्वास र भरोसा नभएका करण जनताको सुरक्षाको लागि निषेधाज्ञा आवश्यक परेको जनाइएको छ । कोरोनाको उपचारका लागि सरकारसँग कुनै योजना नहुँदा सरकारप्रति जनताको विश्वास नरहेको उल्लेख छ ।

कास्की काँग्रेसले शुरुवातको अवस्थामा नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना उपचार अस्पताल बनाउन नहुने भनेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलमा संचालनमा आएको छुट्टै कोरोना उपचार केन्द्रमा पर्याप्त उपचारको व्यवस्था मिलाउन, विरामीका लागि आवश्यक सुविधा उपलब्ध गराउन , त्यसलाई तत्काल व्यवस्थित बनाउन र क्षमता बढाउनका लागि सरकारको ध्यानाकर्षण गराइएको छ ।

विज्ञप्तिमा प्रदेश सरकार जनप्रतिनिधिको सुविधा बढाउन र स्थानीय सरकारका जनप्रतिनिधि करोडौं रुपैया आर्थिक अनियमिततामा लिप्त रहेको भन्दै निन्दा गरिएको छ ।विभिन्न संंघसंस्थाले प्रदेश सरकारलाई उपलब्ध गराएको आर्थिक सहायताको उपयोग नगरिएको भन्दै त्यसबाट जनतालाई राहत उपलब्ध गराउन, आर्थिक सहायता र संकलित राहत तथा वितरित राहत विवरण सार्वजनिक गर्न माग गरिएको छ ।

निषेधाज्ञाको समयमा जनताका समस्याप्रति जिम्मेवार बन्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरिएको छ ।विज्ञप्तिमा संक्रमणबाट जोगिन आवश्यक सावधानी र सतर्कता अपनाउन अपिल गरिएको छ ।विज्ञप्तिमा कोरोना संक्रमणका कारण उपचार गराई रहेकाको स्वास्थ्यलाभको कामना र निधन भएकाप्रति श्रद्वाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width