पोखरामा शनिबार थपिए १६ संक्रमित

आदर्श समाज सम्वाददाता
भाद्र ६, २०७७
covid 19 corona banner

पोखरा, ६ भदौ । पोखरामा शनिबारमात्र थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ६ महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको हो ।

परीक्षण प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा वडा ९ की ६ वर्षीया बालिका, ६१ वर्षीया महिला र वडा ४ का ३५ वर्षीय पुरुषमा कोभिड–१९ पुष्टि भएको हो ।

यस्तै, वडा ९ का ३५ वर्षीय पुरुष, वडा १६ का ३० वर्षीय पुरुष, वडा २७ का ३० वर्षीय पुरुष र वडा ३० की २७ वर्षीया महिलामा कोभिड–१९ पुष्टि भएको हो ।

उता, पोखरा वडा ४ का २२ र २३ वर्षीय पुरुष, वडा ५ का ३४ वर्षीय पुरुष, वडा ६ का वर्ष ३५ र ६१ का पुरुष, वडा ८ का १६ वर्षीय पुरुष र वर्ष १९, २४ र ४४ का महिलामा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा। विनोदबिन्दु शर्माले जानकारी दिए ।

गण्डकीमा हालसम्म पोखरा सहित कुल संक्रमित संख्या १ हजार ८ सय ६८ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width