कोरोना जित्नेको कथाः बाँचिएला जस्तो लागेको थिएन

रासस
भाद्र ५, २०७७
hospital 6

गण्डकी, ५ भदौ । ‘कोरोना लागि सकेपछि बाँचौँला जस्तो लागेको थिएन, तर निको भएर घर फर्किँदा निकै खुसी छु ।’ यो भनाइ कोरोना सङ्क्रमण भई उपचार पश्चात निको भएर घर फर्केकी पोखरा महानगरपालिका–१९ लामाचौरकी ८८ वर्षीया देवीकुमारी गुरुङको हो ।

कोरोना सङ्क्रमण भई पोखरा–३१ मोहोरियास्थित प्रदेश सङ्क्रमण तथा सरुवा रोग अस्पतालमा गत साउन २६ गते भर्ना भएकी गुरुङ साउन ३२ गते आइतबार निको भएर विदाइ हुँदा हर्षित देखिईन् । ‘बूढेसकालको शरीर कोरोना जस्तो डर लाग्दो रोग लागेपछि घर फर्कने आश मारेकी थिएँ’, उनले भनिन्, ‘अस्पतालका नानीबाबुको माया एवं व्यवहारले आत्मविश्वास बढ्यो र रोगलाई जितेर अहिले पुनःजीवन पाएजस्तो लागेको छ ।’

विदाइ कार्यक्रममा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश विधायन समितिका सभापति मोहन रेग्मी, गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्मा, स्वास्थ्यकर्मी, जनप्रतिनिधि सहित सञ्चारकर्मीतर्फ फर्केर हँसिलो अनुहारमा अभिवादन गर्दै गुरुङले भनिन्, ‘आत्मविश्वास बढाएमा कोरोना रोग लाग्दैमा डराउनु पर्ने रहेनछ ।’

कोरोना सङ्क्रमण देखिएर अस्पताल जाँदा राम्रो व्यवहार नपाउने हो कि भनेर डरलागेको उनले बताईन् । एक हप्ता अस्पतालमा उपचार गर्दा राम्रो सुविधा पाएको र निको भएको गुरुङसँगै घर फर्कन लागेका अन्य नौ जनाले पनि उपचार सेवाको प्रशंसा गरे ।

प्रदेश सरकारले सञ्चालन गरेको कोरोना विशेष अस्पतालबाट पहिलो पटक गुरुङसहित १० सङ्क्रमित निको भएर घर फर्किएको अस्पतालका कार्यवाहक मेडिकल सुपरिटेन्डेन्ट डा त्रिभुवन भण्डारीले जानकारी दिए । उनका अनुसार साविक लायन्स सामुदायिक अस्पतालबाट गण्डकी प्रदेश सङ्क्रमण तथा सरुवा रोगमा परिणत भएको अस्पतालमा हाल २६ सङ्क्रमितको उपचार भइरहेको छ ।

‘अस्पतालमा हाल ३४ आइसोलेसन कक्ष छन’, डा भण्डारीले भने, ‘बिरामीको आवश्यकता एवं सरकारको नीति नियमअनुसारनै सेवा प्रदान गरेका छौँ । अस्पतालमा ३४ स्वास्थ्यकर्मीले सेवा प्रदान गर्दै आएका छन् ।’ गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा शर्माका अनुसार प्रदेशका विभिन्न अस्पतालमा हाल २०९ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width