पोखरा । पोखरामा २० वर्षअघि प्राकृतिक चिकित्सालय थियो । चन्द्रकान्त शर्माले सिम्पानीमा चलाएका थिए । पछि दरबारथोक लगियो । त्यहाँ पनि चल्न नसकेपछि समुदायमा आधारित हुने गरी नवलपुरको रजहर सारियो । समुदायले १० विगाहाभन्दा बढी जमिन दिएर त्यहाँ प्राकृतिक चिकित्सालय व्यवस्थित रुपमा चलिरहेको छ । पोखरामा २० वर्षपछि पुनः प्राकृतिक चिकित्सालयको आवश्यकता महसुस भयो । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले नदीपुरमा सुविधासम्पन्न चिकित्सालय निर्माणको काम गरिरहेको छ ।
अहिले विश्वभर कोरोना भाइरस संक्रमणले लाखौंको मृत्यु भयो । एलोपेथिक उपचारमा जोड दिने देशहरुमा संक्रमितको मृत्युदर बढी छ । इटालीमा संक्रमितमध्ये झण्डै १० प्रतिशतको मृत्यु भएको छ । अमेरिका, बेलायत, ब्राजिल लगायत देशमा पनि मृत्युदर उच्च छ । नेपालमा भने मृत्युदर निकै कम छ । प्राकृतिक उपचारमा ध्यान दिने भएकोले यहाँको मृत्युदर कम भएको दाबी धेरैको छ । ‘जहाँ–जहाँ एलोपेथिक विधिबाट उपचार भएको छ, त्यहाँको मृत्युदर बढी छ । इटालीमा त संक्रमितमध्ये १० प्रतिशतको मृत्यु भएको छ,’ विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति सचिव तीर्थ श्रेष्ठ भन्छन्, ‘प्राकृतिक उपचार रोग लाग्नुभन्दा पहिलेको हेरचाह हो । रोग लागिहाले पनि रजहरको प्राकृतिक उपचार केन्द्रबाट सत्प्रतिशत संक्रमित निको भएर घर फर्किएका छन् ।’
पोखराको निर्माणाधीन प्राकृतिक चिकित्सालय व्यापार र सेवामा केन्द्रित छ । सुरुमा १ सय बेड परिकल्पना गरिए पनि तत्कालका लागि ५० बेडमात्रै तयार गर्ने बताइएको छ ।
पोखरा १, अधिकारीटोलको करिब २२ रोपनी क्षेत्रफलमा ७ वटा सुविधासम्पन्न घर सहित उपचार कक्ष बनाइने छ । हालसम्म दुईवटा भवन करिब अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकार र पोखरा महानगरको सहयोगमा योगाहल बनेको छ भने पोखरा वडा ४ को सहयोगमा छुट्टै अर्को भवन पनि करिब पूरा हुने अवस्थामा छ । ‘अहिले ५० बेडको अस्पताल बन्छ । आवश्यकता भयो भने थप्ने योजना छ,’ श्रेष्ठले भने, ‘३ सय रोपनी जग्गा हेरिसकेका छौं । महानगरपालिकासँग सल्लाह भैरहेको छ । त्यो भयो भने त्यही जडिबुटी उत्पादन गर्ने । त्यहीँ खाद्यान्न उत्पादन गर्ने र खुवाउने कन्सेप्टमा प्रोजेक्ट तयार हुन्छ ।’
हिमाल हेर्दै मसाज । हिमाल छचल्किएकै पानीमा पौडी । बन्दै गरेको चिकित्सालय पर्यटक र स्थानीय दुवैका लागि रोजाइको ठाउँ हुने विश्वास छ । ‘पोखरामा ६५ प्रतिशत पर्यटक ट्रेकिङ र हाइकिङका लागि आउँछन् । उनीहरु फर्केर आएपछि मसाज, साउना गर्ने थलो हुन्छ,’ उनले अघि थपे, ‘प्राकृतिक चिकित्साको सुविधा लिन आर्थिक रुपमा सवल भएकाहरु पनि लालयित छन् । मध्यम र निम्न वर्गलाई पनि यो महत्वपूर्ण छ । भीआईपीसँग पैसा लिएर सुविधा दिने र त्यो पैसाले विपन्न व्यक्तिको निःशुल्क उपचार गर्छौं ।’ चिकित्सालय बनाउन पोखरा महानगरले पूरा लागतको ५० प्रतिशत व्यहोर्ने प्रतिबद्धता जनाएको छ । त्यसबाहेक विभिन्न वडाहरुले पनि सहयोग गरेका छन् । प्रदेश सरकारले १ करोड सहयोग गरेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, निजी कम्पनीहरु र व्यक्तिहरुले सहयोग गर्ने बताएका छन् । २५ लाखभन्दा बढी सहयोग गर्नेहरुको नामबाट सम्बन्धित भवन वा कक्षको नामकरण गरिने समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । उनका अनुसार चिकित्सालय २ चरणमा निर्माण हुनेछ । ‘पहिलो चरणमा १ सय बेडको कक्ष बन्नेछ । दोस्रो चरणमा ३ सय बेडसम्म पुर्याइने छ । अन्तिमसम्म २६ करोड लगानी हुने अनुमान छ,’ उनले भने, ‘लकडाउन कारण काम गर्ने वातावरण मिलेको छैन । पोखरेलीको साथ र सहयोग छ । सरकारले पनि सहयोग गरेको छ । यो काममा समिति सफल हुनेछ ।’ अस्पतालमा आएका बिरामीले आवासीय सुविधा पाउँछन् । अहिले पनि रजहरमा प्राकृतिक उपचार गराउनेमध्ये २५ प्रतिशतभन्दा बढी पोखराबाट गएकाहरु छन् ।
धार्मिक क्षेत्रले सामाजिक काममा गरेको नेपालका लागि यो उदाहरण रुपमा छ । विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिले गुरुकुल चलाउँछ । ज्येष्ठ नागरिकहरुको हेरचाह केन्द्र पनि छ । प्राकृतिक चिकित्सालयमा पनि हात हालेको छ । ‘असल मनले काम गर्ने हो भने धार्मिक क्षेत्रले सामाजिक काम गर्न सक्ने रहेछन् । विदेशतिर यो अभ्यासमा छ । तर नेपालमा खासै छैन,’ श्रेष्ठ भन्छन्, ‘परम्परागत रुपमा चलिआएका पुजारीलाई पनि तलबमा ल्यायौं । मठमन्दिरको आम्दानीले समाजमा योगदान गरेका छौं ।’ हावापानीको दृष्टिकोणले पोखरा उत्कृष्ट मानिन्छ । प्राकृतिक उपचारमा औषधी वा जडिबुटीको निकै कममात्रै प्रयोग हुन्छ । ‘आवश्यक जडिबुटी पनि सबै पोखरा र आसपासमै पाइन्छ । यो उपचार बिल्कूल युनिक छ । औषधीको प्रयोग नै नहुने विधा हो,’ प्राकृतिक चिकित्सालय रजहरका निर्देशक डा विनोद पौडेलले भने, ‘यो त जीवनशैली हो । अकुपञ्चर, फिजियोथेरापीजस्ता उपचारमा औषधी चाहिँदैन नि ।’
चिकित्सालय निर्माणको जिम्मा डा विनोद गौतमले लिएका छन् । उनले प्राकृतिक उपचारमा विश्वास कम भएको भन्दै आमधारणा परिवर्तन गर्नुपर्ने बताए । यसलाई अस्पतालभन्दा विद्यालयको रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ । पोखराका मेयर मानबहादुर जिसीले लक्ष्य अनुसार काम भए प्राकृतिक चिकित्सालय पोखराको गहना हुन सक्ने बताए । ‘यसलाई स्वास्थ्य पर्यटनसँग जोड्न सकिन्छ । त्यसैले महानगरले पनि सक्दो सहयोग गरेको छ,’ उनले भने, ‘धार्मिक क्षेत्रले स्वास्थ्यमा गरेको योगदान सह्रानीय छ । यो पोखराकै गहना हो ।’
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१