देशभर ६८१ सङ्क्रमित थप, छ जनाको मृत्यु     

रासस
भाद्र ३, २०७७
dr-jageshwor-gautam

काठमाडौ, ३ भदौ ।  उपत्यकामा १५९ सहित देशभरमा ६८१ नयाँ सङ्क्रमित थपिएका छन् । आज थपिएका सङ्क्रमितमध्ये ४६५ पुरुष र २१६ महिला छन्। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ११ हजार ५२२ नमूना परीक्षण भएको थियो । हालसम्म पाँच लाख ५४ हजार ३८८ नमूना परीक्षण भइसकेको छ ।

देशभरमा गरी पछिल्लो २४ घण्टामा १२० जना सङ्क्रमित निको भएका छन् । हालसम्म निको हुनेको सङ्ख्या १७ हजार ७०० रहेको छ । यो जम्मा सङ्क्रमितमध्ये ६१ दशमलव २ प्रतिशत हो । देशभरमा क्वारेइन्टिनमा रहनेको सङ्ख्या १३ हजार ५७१ रहेको छ । देशभर जम्मा ११ हजार ११८ सक्रिय सङ्क्रमितमध्ये सात हजार ९२७ संस्थागत आइसोलेसन र तीन हजार १३१ होम आइसोलेसनमा रहेका छन्।

प्रदेशअनुसार संस्थागत सक्रिय सङ्क्रमित:

  • प्रदेश नं १ मा एक हजार ६०
  • प्रदेश नं २ मा दुई हजार ३७
  • बाग्मती प्रदेशमा दुई हजार ६७९
  • गण्डकी प्रदेशमा २८८
  • प्रदेश नं ५ मा ८३८
  • कर्णाली प्रदेशमा २४५
  • सुदुर पश्चिम प्रदेशमा ८३०

त्यस्तै, होम आइसोलेनमा प्रदेश नं १ मा २०५, प्रदेश नं २ मा दुई हजार ५४५, बाग्मती प्रदेशमा १११, गण्डकी प्रदेशमा २७, प्रदेश नं ५ मा २०४, कणार्ली प्रदेशमा ११ र सुदुर पश्चिम प्रदेशमा २८ रहेका छन् ।

देशभरमा गरी ११३ सङ्क्रमित आइसियुमा छन् । प्रदेश नं १ मा १०, प्रदेश नं २ मा ४६, बाग्मती प्रदेशमा ५७, गण्डकी प्रदेशमा छ र प्रदेश नं ५ मा १२ जना आइसियूमा रहेका छन् । बाग्मती प्रदेशमा छ जना सङ्क्रमित भेण्टिलेटरमा रहेका छन् । नेपालमा प्रति १० लाख जनसङ्ख्यामा आजसम्म १८ हजार ९९८ जनामा पिसिआर परीक्षण भएको छ भने प्रति १० लाख जनसङ्ख्यमा मृत्यु ४ दशमलव १ रहेको छ । मन्त्रालयको कल सेन्टरमा पछिल्लो २४ घण्टामा ८३० कल प्राप्त भएको डा जागेश्वर गौतमले बताए।

थप छ जनाको मृत्यु     

पछिल्लो २४ घण्टामा कोभिडका कारण थप छ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ । पछिल्लो विवरणअनुसार, मृत्यु हुनेमा काठमाडौँ र बर्दियाका एक/एक जना पुरुष, मोरङ, भक्तपुर, चितवान र सुनसरीका महिला छन् । प्रवक्ता गौतमले मेडिकल कलेजले जम्मा श्ययामध्ये एक तिहाई र निजी अस्पतालले २० प्रतिशत श्यया छुट्टाउनुपर्ने बताए।

सङ्क्रमण अझै केही वर्षसम्म रहनसक्ने विश्व स्वास्थ्य सङ्गठनले बताएकाले त्यसको तयारीका लागि अस्पतालले श्यया छुट्टाउनुपर्ने उनको भनाइ छ । निजी अस्पतालमा उपचारका लागि आउने जो कोहीलाई कोरोना देखिन सक्ने उहाँको भनाइ छ । कोभिडका लागि श्यया छुट्याउने अस्पताललाई कोभिड परीक्षणको अनुमति दिइने उनले जानकारी दिए। सरकारी अस्पतालका श्यया भरिँदै गएकाले पनि निजीले तयारी गर्नुपर्नेमा उनको जोड छ । उनले भने, “अरु रोगको उपचारका लागि आएका बिरामीलाई कोरोना पुष्टि भएमा त्यही राखेर उपचार गर्नुपर्छ।”

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width