बालिकाको मास्क लगाऔं अभियान

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७७
prensa

पोखरा । पोखरा बिरौटा निवासी ८ वर्षीया बालिका प्रेन्सा रेग्मीले कोरोनाविरुद्ध मास्क लगाऔं अभियानलाई निरन्तरता दिएकी छन् । उनले पोखराको मुख्य चोकचोकमा सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गर्ने गरेको उनका बुवा रामकृष्ण रेग्मीले जानकारी दिए ।

यसैगरी प्रेन्साले पोखराको बिरौटामा आइतबार सर्वसाधारणलाई ३ सय थान मास्क वितरण गरिन् ।

उनको मास्क लगाऔं अभियानलाई साथ दिँदै गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले २ हजार २ सय थान र पोखरा महानगरपालिकाले १ हजार थान मास्क सहयोग गरेका थियो ।

मास्क कोरोनाको पहिलो उपचार नाराका साथ प्रेन्साले आफूभन्दा ठूला मानिसलाई समेत मास्क किन लगाउने, कसरी लगाउने र यसको उपयोगिताबारे विस्तृत रुपमा ब्रिफिङ गर्ने गरेकी छन् । यसअघिले उनले पृथ्वीचोक, जिरो लगायत स्थानमा पनि मास्क वितरण गरेकी थिइन् । उनी शिशु निकेतनमा पढ्छिन् ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width