दमौली । भारतका सिमाना क्षेत्रमा रहेका जिल्लाहरुमा गाईभैँसीमा पैmलिरहेको लम्पि स्किन रोग तनहँुका पशुहरुमा पनि देखिन थालेको छ ।
तनहुँमा ४५ वटा गाईभैँसीमा संक्रमण पुष्टि भएको छ भने करिब एक सयमा लक्षण देखा परेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहँुले जनाएको छ ।
व्यास नगरपालिका–११ का फराकचौरका कृषकले पालेको गाईमा उक्त भाइरस देखिएको हो । त्यहाँका गाईको नमुना लिएर भेटेरिनरी अस्पतालमा परिक्षण गर्दा रोग लागेको पुष्टि भएको केन्द्रका प्रमुख डा.बालकुमार श्रेष्ठले जानकारी दिए रोग लागेपछि गाईवस्तुका घाँटी, पुच्छर लगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खाहरू देखिने, मुखबाट फिँज धेरै निकाल्ने, उच्च ज्वरो, कचेरा र सिंगान बग्ने जस्ता लक्षणहरु देखा पर्ने उनले बताए ।
छिमेकी भारत हुँदै यो रोग नेपालमा भित्रिएको पशु विज्ञले बताएका छन् । उनले भने, ‘भारत र बंगलादेशमा पनि यो रोग देखिएकाले त्यतैबाट सरेर आएको हुन सक्ने अनुमान रहेको छ ।’
उक्त रोग नियन्त्रणको लागि सचेतना कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई आग्रह गरिएको उनले बताए । यस रोगको खोप नेपालमा हालसम्म उपलब्ध नभएकोले ठोस उपचार नभएको उनले बताए । उनले भने,“लक्षण देखिएका पालिकामा सचेतनामुलक कार्यक्रम गर्न रोगबाट बचाउन आग्रह गरिएको छ । ”
रोगबाट बचाउन गोठ र गोठको वरीपरी सफा र ओभाने राख्ने, गोठ र मलखादको दूरी १० मिटर कायम राख्ने, भकारोमा पिसाब तथा पानी जम्न नदिने, गोठको वरीपरीका खाल्टाखुल्टी पुर्ने, मट्टितेल, फिनेल, आदि छर्केर लामखुट्टे, भुसुना, भिंmगा भगाउने÷मार्ने काम गर्न लगाइएको छ ।
जोखिममा रहेका स्थानबाट पशु खरिद तथा बिक्री गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । हाल नेपालको मोरङ, झापा, लगायतका पूर्वी क्षेत्रमा यसैसँग मिल्दोजुल्दो लक्षण देखाइ सयौं गाई बिरामी परेको र केही मरेकोले यसतर्फ समयमै पशुपालन कृषकहरु सतर्क हुनुपर्ने सो कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेशको तनहुँको अतिरिक्त नवलपुर, कास्की, स्याङ्जाका केही स्थानमा समेत रोग पैmलिरहेको थियो । अफ्रिकाबाट मध्यपूर्व हुँदै यो रोग भारत र बंगलादेशमा सन् २०१९ मा पनि देखा परेको थियो ।
Related News
सम्बन्धित समाचार
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
भद्रकाली माविको ७३ औं वार्षिकोत्सव
क्यान्सर दिवसमा स्वास्थ्य शिविर
रुपाताल संरक्षण परियोजना निर्माणमा जोड
hero news full width
मुख्य समाचार
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१