४४ मगर कलाकारलाई राहत

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७७
rahat

पोखरा । नेप्लिज पिपुल युकेको विशेष पहलमा नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय समिति कास्कीले कोरोना र बाढीपहिरो प्रभावित ४४ जना मगर कलाकारलाई पोखरामा राहत वितरण गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस महासमिति सदस्य एवं पीएन क्याम्पसका पूर्व प्राध्यापक नवराज गुरुङले कोरोना र बाढी पहिरो प्रभावित कलाकारलाई राहतस्वरुप खाद्यान्न र नगद वितरण गरे ।

नेप्लिज पिपुल युकेका तर्फबाट विशेषगरी गोर्खा मिडिया प्रबन्ध निर्देशक, एभरेष्ट टाइम्स युकेका वरिष्ठ फोटोग्राफर मिलन तमु संयोजन र कलाकार मनसुधन थापा, दुर्लुङ समाज युकेका पूर्व अध्यक्ष जेवरीलाल गुरुङ, समाजसेवी कुलराज गुरुङको पहलमा संकलित रकम मगर सांस्कृतिक संघ कास्की अध्यक्ष सरिता सारुमगरलाई १ लाख २५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

प्रमुख अतिथि गुरुङले कोरोना र बाढीपिडितबाट प्रभावित मगर कलाकारहरुलाई देश विदेशका सहयोगीहरुको सहयोगमा आहात भएकाहरुलाई राहत वितरणका लागि नेपाल मगर साँस्कृतिक संघ जिल्ला समन्वय समिति कास्की र सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गरे ।

उनले भने, ‘कोरोनाका कहरले दोहोरीसाँझ बन्द हुँदा संस्कृति, कला, संगीत क्षेत्रमा ठूलो असर पुगेको छ भने कलाकारहरुलाई धेरै समस्या परेको छ ।’

गुरुङले नेपालको परिचय गराउने आदिवासी जनजातिहरु जस्ले प्रथम र दोश्रो युद्ध लडेकाहरुले पनि मुलुकमा विभेद छ भएको भन्दै यस्तै विभेदमा पारिएका मधेशी, महिला, दलित लगायत एकताबद्ध आन्दोलनसँगै आहत भएकाहरुलाई कलाकारझैं आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताए ।

काँग्रेसका पर्वतबाट महासमिति सदस्य मोहन गुरुङले कोरोनाको कहर र बाढी पहिरोबाट प्रभावित मगर कलाकारलाई सहयोग गर्नेलाई धन्यवाद दिए ।

नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय समिति कास्की अध्यक्ष सरिता सारु मगरको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सुरेश रानामगरले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width