पत्रकार भण्डारी प्रेस काउन्सिलमा कार्यबाहक अध्यक्ष नियुक्त

आदर्श समाज सम्वाददाता
भाद्र १, २०७७
durga

पोखरा, १ भदाै । पत्रकार दुर्गा भण्डारी प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्ष नियुक्त भएकी छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यसअघिका कावा अध्यक्ष किशोर श्रेष्ठलाई हटाएर भण्डारीलाई नियुक्ति गरेको हो ।

पोखरामा २५ वर्षदेखि पत्रकारितामा क्रियाशील भण्डारी कानून व्यवसायी समेत हुन् । उनी नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य एवं प्रेस चौतारी नेपालको केन्द्रिय कमिटीको पूर्व सचिव समेत हुन् । साथै सञ्चारिका समूह पश्चिमाञ्चल संस्थापक समेत हुन् ।

काउन्सिल सदस्यमा अर्का पत्रकार दीपक पाण्डे सहित भण्डारी केही दिन अघि नियुक्त भएका थिए ।

Related News

सम्बन्धित समाचार

  • पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । पूर्व राजा ज्ञानेन्द्र शाहको पोखरा सवारी हुने भएको छ । यही २७ माघमा उनी पोखरा आउन लागेका हुन्…
  • रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।…
  • भद्रकाली माविको ७३ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । पोखरा १३ कुँडहरस्थित भद्रकाली माविको ७३ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भयो ।…
  • क्यान्सर दिवसमा स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । विश्व क्यान्सर दिवस अवसरमा अर्वुद रोग निवारण संस्था कास्की र आँगन बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा निःशुल्क परीक्षण…
  • रुपाताल संरक्षण परियोजना निर्माणमा जोड

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    लेखनाथ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले रुपाताल संरक्षण परियोजना निर्माणलाई तीव्र पार्नुपर्नेमा जोड दिएका छन् । पोखरा–३२…

hero news full width