एन्फाद्वारा खेलाडीलाई राहतमा नगद

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७७
anfa

पोखरा, ३० साउन । कास्की जिल्ला फुटबल संघले खेलाडीहरुलाई शुक्रबार राहत वितरण गरेको छ।

कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित फुटबल खेलाडी तथा फुटबल खेलसँग सम्बद्ध पदाधिकारीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) सहयोगमा राहत वितरण गरिको हो।

एन्फा कास्कीमा आबद्ध २२ वटा क्लबका आर्थिक अवस्था कमजोर भएका खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी तथा पत्रकारलाई समेत राहत वितरण गरिएको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए। ५० जनालाई एन्फातर्फबाट जनही १ हजार ५ सयको दरले चेक प्रदान गरिएको हो।

त्यस्तै, एन्फाको राहत वितरण कार्यक्रममा लायन्स क्लब अफ पोखरा सेनटेनियलले पनि खेलाडी तथा खेल पदाधिकारीलाई नगद राहत वितरण गरिएको थियो। जनही १ हजारका दरले राहत वितरण गरिएको क्लबका अध्यक्ष पर्वत कायस्थले जानकारी दिए।

कार्यक्रममा प्रमुख अतिथि खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश अध्यक्ष एकराज गिरी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, सहारा क्लब पोखराका अध्यक्ष केशबबहादुर थापा लगायतले राहत हस्तान्तरण गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width