श्रेष्ठलाई उत्कृष्ट राष्ट्रसेवक कर्मचारी सम्मान

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७७
ram kaji shrestha

भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्था (सिटिजन्स् जुरी), कास्कीले डिभिजन वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठलाई उत्कृष्ट राष्ट्रसेवक कर्मचारी–२०७६ बाट सम्मान गर्ने भएको छ ।

प्रतिभा छनोट समितिले वातावरण एवं सम्पदा संरक्षणमा उल्लेखनीय योगदान दिएको भन्दै श्रेष्ठकोे नाम सिफारिस गरेकोमा संस्थाको बुधबार बसेको बैठकले सो अनुमोदन गरेको हो ।

साथै उत्कृष्ट प्रतिष्पर्धामा पर्न सफल नापी कार्यालय कास्कीका प्रमुख खिमलाल गौतमलाई ‘सुशासन प्रवद्र्धन’ र जिल्ला प्रशासन कार्यालय कास्कीका शाखा अधिकृत लक्ष्मण बराललाई ‘नागरिक सरोकार’ अन्तर्गत कदरपत्र सहित सम्मान गरिने संस्थाका सचिव रामबहादुर पौडेलले जानकारी दिए ।

तीन सदस्यीय प्रतिभा छनोट समितिमा संस्थाका सचिव रामबहादुर पौडेल संयोजक तथा सदस्यमा शशी तुलाचन र इन्द्रकमल मानन्धर थिए ।

संस्थाको साधारणसभामा सो सम्मान प्रदान गरिने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा भिलेज अब चारतारे

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित होटल पोखरा भिलेज रिसोर्ट एन्ड स्पा स्तरोन्नतिसहित फोरस्टार होटलको रुपमा सञ्चालन गरिएको छ । २०६६ सालबाट…
  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…

hero news full width