सांकेतिक तस्बिर ।
काठमाडौँ, २८ साउन । नेपाली बजारमा आज पहेँलो धातुको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ हजार २०० ले घटेको छ ।
महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० तोकेको छ । यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य पनि प्रतितोला रु २२५ ले घटेको छ । आजका लागि चाँदीको मूल्य प्रतितोला रु एक हजार २१० निर्धारण गरिएको छ ।
मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार पुगेको थियो । मङ्गलबार पनि सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको थियो ।
अन्तरराष्ट्रिय बजारमा पनि पहेँलो धातुको मूल्यमा गिरावट आएको छ । प्रतिऔँस दुई हजार डलर नाघेको सुनको मूल्य आज विश्वबजारमा प्रतिऔँस एक हजार ८९०.५५ डलरमा झरेको छ । महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले अन्तरराष्ट्रिय बजारमै मूल्य घटेकाले नेपालमा पनि सुनको मूल्य ओरालो लागेको बताए । विश्वबजारमा सुनको भाउ घट्नाका कारणबारे आफूले अध्ययन गरिरहेको उनको भनाइ थियो ।
Related News
सम्बन्धित समाचार
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१