मस्को, २७ साउन । संसारमा सबैभन्दा पहिले कोभिड–१९ खोपलाई स्वीकृति दिँदै यसलाई राज्यमा दर्ता गर्ने पहिलो मुलुक रूस बनेको रूसी समाचार संस्था स्पुतनिकले जनाएको छ ।
“मेरो जानकारी अनुसार संसारमा कोभिड–१९ संक्रमणविरुद्धको पहिलो खोप बिहान दर्ता गरिएको छ,” राष्ट्रपति भ्लादिमीर पूटिनले सरकारसँगको बैठकमा भने ।
“मलाई आशा छ कि निकट भविष्यमा हामी यस औषधीको सामूहिक उत्पादन सुरु गर्न सक्षम हुनेछौं, जुन एकदम महत्वपूर्ण छ,” उनले थपे । यसैबीच, रूसका स्वास्थ्यसेवा मन्त्री मिखाइल मुराश्कोले रुसी माइक्रोबायोलोजी अनुसन्धान केन्द्र गमलेयाको कोभिड–१९ खोपलाई राज्यले दर्ता गरेको जानकारी दिएका छन् । गमलेयाले बनाएको खोप सुरक्षित र प्रभावकारी साबित भएको उनले बताए ।
यद्यपि खोपबारे विश्व स्वास्थ्य सङ्गठनको आधिकारिक धारणा आइसकेको छैन । आफ्नी एउटी छोरीले खोपको परीक्षणका लागि एक मात्रा प्रयोग गर्ने सौभाग्य पाएको भन्दै रूसी राष्ट्रपतिले यसमा खुसी व्यक्त गरे ।
“मेरी छोरीमध्ये एक छोरीलाई खोप दिइयो । वास्तवमा उनले एक प्रयोगमा भाग लिइन् । पहिलो खोप लगाएपछि उनको शरीर ३८ डिग्री सेल्सियस (१०० डिग्री फरेनहाइट) पुगेको थियो । तर भोलिपल्ट तापक्रम केही कम तर ३७ डिग्रीभन्दा माथि रहेको थियो ।”
जोन्स हकिन्स विश्विद्यालयको पछिल्लो अपडेट अनुसार हालसम्म कोभिड–१९ बाट विश्वमा दुई करोड ९२ हजार ८५५ व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने हालसम्म सात लाख ३६ हजार २५४ संक्रमितको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोना भाइरसलाई महामारीका रूपमा विश्वभर फैलिएको घोषणा गरेको थियो ।
Related News
सम्बन्धित समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
माघ २२, २०८१कोटिहोमलाई दाउरा, मासिए चौतारा
माघ २०, २०८१पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन
माघ १९, २०८१पाठेघरको मुखको क्यान्सरबाट बँच्न एचपिभी खोप अभियान, गण्डकीमा १ लाख ५ हजारलाई दिइने
माघ १८, २०८१