समुदायस्तरमा संक्रमित देखिएपछि सतर्कता

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७७
Coronavirus_green

दमौली । तनहँुमा सोमबार २ जना कोरोना संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा भानु नगरपालिका र बन्दीपुर गाँउपालिकामा १÷ १ जना संक्रमित थपिएका हुन् ।

भानु नगरपालिका १ का ३४ र बन्दीपुर गाउँपालिका ५ का ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुलाई सम्बन्धित स्थानीय तहको आइसोलेसन राखी उपचार भइराखेको छ ।

गत २४ घण्टामा तनहँुमा ५९ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पोखरा पठाइएकोमध्ये ५७ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

सोमबार २ संक्रमित थपसँगै जिल्लामा कुल संक्रमित संख्या १ सय ८६ पुगेको छ । निको हुनेको संख्या १ सय ७६ पुगेको छ ।

यसैबीच, सोमबार भेटिएका कोरोना संक्रमित समुदायस्तरका रहेका भन्दै पालिकाहरुले उच्च सतर्कता अपनाएका छन् । बन्दीपुर गाउँपालिकाद्वारा साउन २६ देखि २९ सम्म संक्रमण देखिएको स्थानमा अत्यावश्यक बाहेका सेवा बन्द गरिएको छ ।

भानु नगरपालिकाले पनि कोरोनाको जोखिम न्यूनीकरण गर्न नगरपालिका एक हप्ताको लागि बन्द गरेको छ । सोमबार बैठक बसी एक हप्ताको लागि नगरपालिका, वडा कार्यालय लगायत अत्याश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width