हेमजा । माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले शिक्षक अध्ययनशील हुनुपर्नेमा जोड दिएका छन् ।
पोखरा ४ स्थित नेलम्बो नेपाल र माछापुच्छ्रे ६ धिताल वडा कार्यालयको संयुक्त आयोजना तथा गाउँपालिकास्थित शिक्षा शाखाको सहयोगमा सम्पन्न तीनदिने आधारभूत तह (कक्षा १ देखि ३ सम्म) एकीकृत पाठ्यक्रमबारे प्रशिक्षण कार्यक्रम आइतवार समापन गर्दै सो कुरा बताएका हुन्।
संसारमा पछिल्लो पटक के–के कुरा प्रतिपादन भइरहेका छन्, कुन खालको प्रविधि विकसित भइरहेको छ, बालबालिकाले के खोजिरहेका छन्, आजको आवश्यकता के हो भन्ने पक्ष बुझ्न शिक्षक अध्ययनशील हुनैपर्ने उनको तर्क छ । ‘परम्परागत ढंगले किताब रटाए हुन्थ्यो तर अहिलेको अवस्था त्यस्तो छैन,’ उनले भने।
सिक्ने सिकाउने प्रक्रिया निरन्तर चलिरहने पनि उनले बताए । सरकारले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई दिएको भनिए पनि कुनै न कुनै रुपमा त्यसमा बाधा रहेको उनको अनुभव छ । विद्यार्थी संख्या कमीका कारण हाल कतिपय विद्यालय मर्ज भएको पनि उनले जानकारी दिए।
नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले संस्था स्थापनादेखि नै माछापुच्छ्रे गाउँपालिकासँग सम्बन्ध गासेको स्मरण गरे।उनले गैरसरकारी संस्थाहरु सरकारका सहयोगी भएको तर्क गर्दै शिक्षाको विकास नै समाजको विकास भएको औँल्याए।सिकेको सीप कार्यक्षेत्रमा गएर प्रयोग गर्न पनि उनको सहभागिलाई सुझाव दिए ।
वडाध्यक्ष हरिशचन्द्र ढुङ्गानाले शिक्षाको आधार आधारभूत तह भएकाले त्यसलाई मजवुत बनाउनुपर्ने बताए ।विद्यार्थी संख्या कमीका कारण धितालका ३ आधारभूत विद्यालय मर्ज भएको उदाहरण पेश गर्दै उनले मावि पनि मर्ज गर्ने परिस्थिति नआओस् भन्दै सचेत समेत गराए ।
बराह माविका प्रधानाध्यापक नरबहादुर गुरुङले सरकारी विद्यालयमा कार्यरत शिक्षक पछिल्लो अवस्थाबारे अझै पनि अपडेट हुन नसक्दा समस्या आएको उल्लेख गरे । हाल शैक्षिक प्रमाणपत्र पाउने तर जागिर नपाउने समस्या रहेकोतर्फ संकेत गर्दै प्रअ गुरुङले शिक्षालाई समयानुकूल परिवर्तन गर्नुपर्नेमा जोड दिए ।तालिमलाई मावि तहमा पनि संचालन गर्नुपर्ने उनको भनाइ छ ।
सहभागी भूमेश्वर माविका शिक्षक रामचन्द्र दवाडीले तालिम फलदायी बनेको चर्चा गरे ।परिमार्जित पाठ्यक्रमबारे थाहा पायौँ जसले अब शैक्षिक क्रियाकलापमा सघाउने उनको विश्वास छ । पाठ्यक्रम अन्तरविषयक रैछ, अब त्यसको भावना बुझेर पठनपाठन गराउने उनले प्रतिबद्घता समेत जनाए ।
वक्ताहरुले ५० कम विद्यार्थी संख्या भएका आधारभूत विद्यालयमा २ दरबन्दीमात्रै दिने सरकारी निर्णय अव्यवहारिक भएको तथा हालको शिक्षण प्रणाली बहुमुखी बनाउनुपर्ने ठहर पनि गरेका छन् ।तालिममा धितालका कुल ६ विद्यालयका १७ शिक्षकको सहभागिता थियो ।
तालिमलाई गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद भण्डारी, शाखाका प्राविधिक सहायक विष्णुप्रसाद अधिकारी, नेलम्बोका अध्यक्ष एकदेव देवकोटा, महेन्द्र माविका प्रधानाध्यापक जगन्नाथ अधिकारी लगायतले सहजीकरण गरेका थिए ।
वडाध्यक्ष ढुङ्गानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडासदस्य लोकराज अधिकारीले स्वागत तथा गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक विष्णुप्रसाद अधिकारीले कार्यक्रम संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
संस्कृत माविको १२४ औं अभिभावक दिवस
हेम्जा आवासीयमा पुरस्कार वितरण
मदरल्याण्डमा बृहत् सांस्कृतिक दिवस सुरु
लिटिल स्टेप १२ औं ह्याण्डबल टुर्नामेन्ट
शिव शक्तिको ६६ औं वार्षिकोत्सव, २८ अक्षयकोषबाट २ लाख वितरण
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१