शिक्षकबाटै क्याम्पसको मुल गेटमा ताला

आदर्श समाज सम्वाददाता
श्रावण २५, २०७७
sss

पोखरा, २५ श्रावण । त्रिभुवन विश्वविद्यालयको ईतिहासमै पहिलोपटक आशिंक शिक्षकहरुले समान कामको समान ज्यालाको माग गर्दै पृथ्वीनारायण क्याम्पसको मुल गेटमा अनिश्चितकालीन तालावन्दी गरेका छन् ।

विगत १४ वर्षदेखि समान कामको समान ज्याला माग्दै आएका आशिंक शिक्षकहरुले चरणवद्ध आन्दोलन गरेपनि त्रिभूवन विश्वविद्यालय र क्याम्पस प्रशासन गैह्र जिम्मेवार वनेको भन्दै आन्दोलन स्वरुप अनिश्चित कालका लागि ताला लगाएको हो ।

दैनिक दुई सय भन्दा कम शुल्कमा नियमित पठनपाठन गराई रहेका आशिंक शिक्षकहरुले गत वर्षको माघ २० गते क्याम्पस प्रशासन, आशिंक शिक्षक र त्रि वि प्रतिनिधीका बीचमा भएको सहमती कार्यन्वयन नभएको भन्दै पुन आन्दोलन गरेका हुन् । क्याम्पको नयाँ क्याम्पस प्रमुखको पदमा प्राध्यापक डाक्टर सरोज कोईराला आए पछि आशिंकका मागलाई यहि श्रावणको २२ गते सम्म समाधान गर्न २ बुँदे लिखित प्रतिवद्धता जनाएका थिए ।

प्रतिवद्धता अनुसार क्याम्पसको रिक्त दरवन्दी तत्काल ल्याउने र आशिंक शिक्षकलाई नियमित गर्ने प्रतिवद्धता जनाएका थिए । सो कुनै पनि माग पुरा नभएपछि पुन आन्दोलनमा उत्रिएको आशिंक प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पस पोखराका अध्यक्ष सुनील गौतमले जानकारी दिए । उनले भने–“हामी विगत १४ वर्ष देखि श्रम शोषणमा परेका छौं अव पनि हाम्रा माग समाधान गरिएन भने हामी कुनै पनि हालतमा पछि हट्नेवाला छैनौं ।”

यता आशिंकको आन्दोलनका वारेमा क्याम्पस प्रमुख प्रा. डा. सरोज कोईरालाले पनि माग त्यति नाजायत नभएको धारणा राखे । उनले भने –“उहाँहरु समस्यामा हुनुहुन्छ, यो समस्या हाम्रो मात्रै होईन विश्वविद्यालयको हो त्यसैले समाधान जसै गरिनू पर्छ ।” समाधानका लागि केन्द्रमा रिजिस्टार र रेक्टरसँग कुरा भएको पनि उनले जानकारी दिए । उनले अगाडी थपे–“आशिंक बिना क्याम्पस चलाउन असम्भवनै छ, अधिकतम कक्षा भार आशिंकले लिनुभएको छ ।”

संघका अध्यक्ष गौतमका अनुसार क्याम्पसको ७० प्रतिशत कक्षाभार आंशिक शिक्षकहरुले लिने गरेका छन् । पढाएको दिनको मात्रै न्यून ज्यालामा काम गरिरहेका शिक्षकहरु लकडाउनपछि भोकै परेको पनि उनको भनाई छ ।क्याम्पसमा हाल २ सय २० को संख्यामा आंशिक शिक्षक रहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width