विप्लव समूहका जिल्ला नेता पक्राउ

रासस
श्रावण २४, २०७७
arrest

काभ्रेपलाञ्चोक, २४ साउन । नेत्रविक्रम चन्द समूहका जिल्ला नेता प्रेम लामा भनिने ३३ वर्षीय प्रशान्तकुमार मोक्तानलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । रोशी गाउँपालिका–५ शिसाखानी छाप निवासी मोक्तानलाई भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाका अनुसार मोक्तानलाई मुलुकी अपराध, २०७४ को परिच्छेद–५ सार्वजनिक हीत, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुरअन्तर्गत दफा ११८ अभद्र ब्यवहार गर्न नहुने कसुर शीर्षकमा मुद्धा दर्ता भई शुक्रबार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट सात दिनको म्याद थप गरिएको जानकारी दिए ।

यसअघि, गत जेठ १४ गते सो समूहका नेता लेखराज गजमेर धुलिखेलबाटै गिरफ्तार भएका थिए । त्यतिबेला गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्तार गरी काठमाडौँ लगेका थिए । सङ्गठित अपराधअन्तर्गत विस्फोटक पदार्थ मुद्दामा केही महिनाअघि पक्राउ परेका गजमेर सर्वोच्च अदालतको आदेशमा थुनामुक्त गर्न आदेश दिएकै दिन जिल्ला प्रहरी कार्यालयको अघिल्तिरबाट पुनः गिरफ्तार भएका थिए ।

Related News

सम्बन्धित समाचार

  • संसदमा सांकेतिक भाषाको दोभाषे राख्न सांसद गुरुङको सुझाव

    आदर्श समाज सम्वाददाता फागुन २०, २०८०
    पोखरा । गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले सार्वभाैम स‌ंसदमा सांसदले बोलेका विषय श्रवण क्षमता कम भएका वर्गसम्म पुर्‍याउन सांकेतिक…
  • इन्द्रकलाको सातौं दिनको पुण्यतिथि

    आदर्श समाज सम्वाददाता फागुन २०, २०८०
    पोखरा । नेपाली कांग्रेस कुश्मा नगरपालिका वडा ९ आयोजनामा इन्द्रकला पौडेलको सातौं दिनको पुण्यतिथिमा आइतबार शोकसभा सम्पन्न भएको छ ।…
  • पोखरामा महाकमेडी विथ महाजात्रा

    आदर्श समाज सम्वाददाता फागुन २०, २०८०
    पोखरा । पोखरा सभागृहमा सोमबार ‘महाकमेडी विथ महाजात्रा’ हुने भएको छ । चलचित्र पत्रकार संघ कास्की आयोजनामा आइतबार आयोजित पत्रकार…
  • पोखरा प्रदर्शनी केन्द्रमा महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता फागुन २०, २०८०
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा श्रीमद्भागवत ज्ञानमहायज्ञ हुने भएको छ । श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ मूल समारोह समितिले आगामी वैशाख १…
  • रुपामा अन्तरआमा समूह हाजिरी जवाफ

    आदर्श समाज सम्वाददाता फागुन २०, २०८०
    पोखरा । रूपा गाउँपालिका २ का अध्यक्ष राजन सुवेदीले चेतनामूलक समाज निर्माण गर्न सचेत नागरिक उत्पादनमा जोड दिनुपर्ने बताएका छन्…

hero news full width