सराङ्गकोटका पहिरो पीडितलाई सहयोग

एजेन्सी
श्रावण २२, २०७७
Help Photo for landslide 2

पोखरा–१८, गोठादीका पहिरो पीडितका लागी आर्थिक तथा शैक्षिक राहत सहयोग गरिएको छ ।

लायन्स क्लब अफ पोखरा फिस्टेल सिटिले एकमुष्ट १ लाख ५ हजार, सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाबाट १० हजार, जोन चियर पर्सन राधिका थापाबाट ५ हजार आर्थिक सहयोग पीडित परिवारलाई वितरण गरिएको छ ।

क्लबका सदस्य ऋषि काफ्लेले पीडित परिवारका २ जना बच्चालाई १० कक्षासम्म अध्यन तथा पालनपोषण निःशुल्क र पूर्व अध्यक्ष तारा गिरीबाट उच्च शिक्षाका लागि निःशुल्क अध्ययन गराउने घोषणा गरेका छन् । राहत वितरण गर्दै लायन्स क्लब डिष्ट्रीक पि.आर.ओ.प्रमुख रामकुमार बसेलले जहाँ आवश्यक त्यही लायन्स सेवा भावनाले नेपालभर पीडितका आवश्यकतामा मलम लगाउने कार्यमा सकृय रहेको बताए ।

कार्यक्रम संयोजक तथा क्लबका पूर्व अध्यक्ष प्रेमबहादुर जि.सी.ले पीडित परिवारको उचित व्यवस्थापनमा सहयोग गर्न लायन्स तथा अन्य संघ संस्थाहरुबाट सहयोग, सङ्कलन गरिने बताए ।

क्लबका अध्यक्ष श्यामबहादुर क्षेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कलस्टर प्रमुख शारदा शर्मा, रिजन चियर पर्सन अमृत तिवारी, जोन चियर पर्सन तारा गिरी, राधिका थापा, क्लबका पूर्व अध्यक्षहरु उमा नाथ बराल, निर्मल बराल, उपाध्यक्ष ओम गौचन, सचिव केदार क्षेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

असार २५ गतेको पहिरोबाट एकै परिवारका ४ जना, छिमेकी १ गरी ५ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते तथा मृत्क परिवार पूर्ण रुपमा विस्थापित अवस्थामा रहेको छ । स्थानीय मगर बस्तीमा निम्न आर्थिक स्थिति भएको परिवारमा अभिभावक विहिन हुदाँ बस्ने, खाने, शिक्षाबाट बञ्चीत हुने अवस्थालाई विभिन्न दाताहरुबाट सङ्कलीत सहयोगबाट केही व्यवस्थापनको प्रयास भएको राहत सङ्कलन संयोजक संन्जीव थापा मगरले बताए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width