म्याग्दी, २२ साउन । पहिरोले म्याग्दीको धौलागिरि गाउँपालिका–६ कल्लेनी गाउँलाई मानवविहीन बनाएको छ । गाउँमाथिको माख्लाको भिरबाट खसेको पहिरोको जोखिमका कारण कल्लेनीका बासिन्दाले गाउँ छाडेका हुन् । गतअसार २७ गते घर छोडेर शिवाङको हेम माविमा गएर बसेका कल्लेनीवासी अझै गाउँ फर्कन नसकेको स्थानीय रत्नप्रसाद पुनले जानकारी दिए ।
“वरिपरि पहिरोले घेरेर उराठलाग्दो बनाएको छ”, उनले भने, “गाउँमा कोही पनि छैनन् । मानवविहीन भएको छ ।” गत असार २६ गते बिहान पहिरो खसेपछि विस्थापित भएका कल्लेनीवासीलाई धौलागिरि गाउँपालिकाले हेम माविको भवनमा अस्थायी बसोबासको व्यवस्था मिलाएको हो ।
अट्ठाइस परिवारका ५० जनाभन्दा बढी करिब एक महिनादेखि विद्यालय भवनमा सामूहिकरुपमा बस्दै आएका छन् । पाँच परिवार विद्यालयबाट ताकममा रहेका आफन्तकहाँ सरेका पहिरो पीडितको अगुवाइ गरेका डिके पुनले बताए । पहिरोले गाउँ फर्कने अवस्था नभएपछि घरमा पालिएका बाख्रा, कुखुरा, गाई, भैँसी बेचेका छन् । पाकेको मकैबाली भित्र्याउन र बारीमा लगाएको कोदो गोड्न नपाएको स्थानीय भेष पुनले बताए । घासपानी दिन जान नसकेपछि हलगोरु बारीमा छाडेको उनले जानकारी दिए । शिवाङदेखि कल्लेनी पुग्न डेढ घण्टा हिँड्नुपर्छ ।
खानेपानी आयोजनाको संरचना पहिरोले बताएको छ । पहिरो खस्ने क्रम रोकिएको छैन् । गाउँमा जाने र निस्कने नाकाको बाटो पहिरोले भत्काएको छ । जान आउन जोखिम मोल्नुपर्छ । घर पहिरोले पुरिएपछि बहिनीकहाँ आश्रय लिएर बसेको कल्लेनीकी कमला घर्तीले बताईन् ।
पहिरोमा पुरिएर घर्तीकी सानीआमा जानीमा बेपत्ता र भाइ प्रकाश केसीको मृत्यु भएको थियो । प्रकाशको घरमा सुत्न गएका सविन पुन बेपत्ता छन् । परदेवी पुन र वीरबहादुर पुनको घर पहिरोले बगाएको थियो । एक सय रोपनीभन्दा बढी धानखेत, कोदोबारी र सुन्तला बगैँचा पहिरोले बगर बनाएको छ । मगर समुदायको बाहुल्य बसोबास भएको कल्लेनी साविक मराङ गाविसको ३ नम्बर वडामा पर्छ । सडक, विद्युत् सुविधा पुगेको थियो ।
घरघरमा खानेपानी सुविधा थियो । सुन्तला खेतीलाई विस्तार गरेर आयआर्जनको माध्यम बनाउन थालेका थिए । दीर्घकालीन बसोबासका लागि गाउँमै फर्कने अथवा अन्यत्र बसाइँसराइ गर्ने भन्नेमा कल्लेनीवासी अन्यौलमा छन् । “गाउँमा जाँदा पहिरोको डर छ”, परदेवी पुनले बताईन्, “अन्यत्र जाने घर, जग्गा छैन ।” पहिरोका कारण धौलागिरि गाउँपालिकाको ६ नम्बर वडामा पर्ने कल्लेनी, राम्चे, रिख, कुम्री र ठूलोगाउँमा १९ जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता छन् । करिब ४० वटा घर भत्किएका छन् ।
दुई सयभन्दा बढी परिवार घर जोखिममा परेकाले विस्थापित भएका छन् । पूरै वडा पहिरोले चिरा, चिरा बनाएको वडाध्यक्ष राजाराम सुवेदी बताए । पहिरोबाट घरबास गुमाएका र जोखिममा परेका विद्यालय, सामुदायिक भवन र टहरा बनाएर बसेका छन् ।
पहिरोले मराङ, धारापानी, ताकम र काफलडाँडाको बस्ती प्रभावित बनाएको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताईन् । “शहर बजारमा घरघडेरी भएका त्यतै सरेर जान थालेका छन”, उनले बताईन्, “बस्दै आएको ठाउँमा बस्न नमिल्ने र अन्यत्र केही नभएकाको पहिचान गरेर स्थायी बसोबासका लागि एकीकृत बस्ती विकास गराउने छलफल चलाएका छौँ ।”
Related News
सम्बन्धित समाचार
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
भद्रकाली माविको ७३ औं वार्षिकोत्सव
क्यान्सर दिवसमा स्वास्थ्य शिविर
रुपाताल संरक्षण परियोजना निर्माणमा जोड
hero news full width
मुख्य समाचार
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१