पहिरो पीडितलाई सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७७
united help news photo today

पोखरा । पोखरा १८ सराङकोटका पहिरो पीडितलाई युनाइटेड क्लवले सहयोग गरेको छ । पहिरोबाट घर र परिवार गुमाएकालाई १ लाख नगद सहयोग गरेको हो । असारको अन्तिम साता अविरल वर्षाका कारण पहिरो झर्दा गोठादीका ५ जनाको मृत्यु भएको थियो । बुधबार एक कार्यक्रमका बीच क्लवका अध्यक्ष लालकाजी गुरुङले राहत संकलन समितिका संयोजक संजीव थापामगर लाई राहत रकम हस्तान्तरण गरेका हुन् । वडाध्यक्ष रणबहादुर थापाले पहिरो पीडितलाई सुरक्षित ठाउँमा घर बनाउन लागेको बताए ।

अभियानमा सघाउन उनले सामाजिक संघ संस्थालाई सहयोग गर्न आग्रह गरे । क्लवका निवर्तमान अध्यक्ष तथा विपद ब्यवस्थापन उपसमिति संयोजक सुकबहादुर गुरुङले सामाजिक उत्तरदायित्व स्वरुप सहयोग गरिएको बताए । क्लवका अध्यक्ष लालकाजी गुरुङले क्लवले तिहारको वेलामा देउसीभैलो कार्यक्रमको आयोजना गरी विपद व्यवस्थापन कोष बनाएको बताए ।

सोही कोषबाट सहयोग गरेको उनको भनाई छ । क्लवले कोरोनाको रोकथामका लागी गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोषमा १ लाख, पोखरा महानगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम कोषमा १ लाख र पोखरा महानगरपालिका वडा नम्बर १० र १२ लाई ५०/५० हजार रुपैया सहयोग गरेको छ । क्लवले पोखरा महोत्सवको आयोजना गरी पोखरा र आसपासका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र वातावरणमा सहयोग गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width