प्रधानपञ्च गुरुङ रहेनन्

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७७
late nandalal gurung

हेमजा । माछापुच्छ्रे गाउँपालिका–५, रिभानका तत्कालीन प्रधानपञ्च नन्दलाल गुरुङको निधन भएको छ ।

प्यारालाइसिस रोगबाट पीडित गुरुङको ९१ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । स्व. गुरुङको सिम्पानीस्थित गाईघाटमा अन्तेष्टि गरियो ।

स्व. गुरुङ २३ वर्षसम्म प्रधानपञ्च भएका थिए । त्यस्तै उनले संरक्षण व्यवस्थापन समिति अध्यक्ष र सदस्य, निष्पक्ष माध्यमिक, बराह माध्यमिक, बाल आधारभूत र माछापुच्छे« आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्ष भएर पनि सेवा गरेको निष्पक्ष माविका भूतपूर्व प्रअ डण्डपाणि दाहालले जानकारी दिए ।

पछिल्लो समय पोखरा टुँडिखेल बस्दै आएका स्व. गुरुङका १ छोरा र ५ छोरी छन् ।

Related News

सम्बन्धित समाचार

  • अक्सफोर्ड फेयरमा विद्यार्थीका प्रतिभा

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    पोखरा । पोखरा १३ बाँझापाटनस्थित अक्सफोर्ड स्कुलले आयोजना गरेको अक्सफोर्ड फेयर २०८० सम्पन्न भएको छ । अक्सफोर्ड फेयरअन्तर्गत विद्यार्थीले सांस्कृतिक…
  • माउन्ट अन्नपूर्णको ४५ औं अभिभावक दिवस

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    पोखरा । माउण्ट अन्नपूर्ण माविमा ४५ औं अभिभावक दिवस मनाइएको छ । पर्यटन व्यवसायी, कर्ण सकारात्मक सोचका संस्थापक तथा लेखक…
  • ‘मिथ्या सूचनाबाट राजनीतिक उपलब्धिमाथि प्रहार’   

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    काठमाडौं । : पछिल्लो समयमा मिथ्या सूचनाबाट प्राप्त राजनीतिक उपलब्धिमाथि लगातार प्रहार हुन थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।…
  • नारायण रायमाझीलाई अलीमियाँ सम्मान

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    पोखरा । अली मियाँ लोक वाङ्मय प्रतिष्ठानद्वारा स्थापित अलीमियाँ लोकवाङ्मय सम्मान पुरस्कार लोक गायक तथा संस्कृतिकर्मी नारायण रायमाझीलाई प्रदान गरिने…
  • बजेट अभावमा रोकिए तीन जिल्लाका चार सडक   

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    गलकोट ।  तीन जिल्लाका चार ठूला सडक बजेट अभावका कारण निर्माण रोकिएको छन् । सङ्घीय सरकारअन्र्तगत २०७९ सालमा सुरु भएका…

hero news full width