पीस हिमालयन सिटीको अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
श्रावण १७, २०७७
pokhara peace

पोखरा  । लायन्स क्लब पोखरा पीस हिमालयन सिटीले छैटौं वार्षिकोत्सव अवसरमा क्लब सदस्यको लागि सामाजिक सेवा र लायनवादसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रममा लायनवाद, नेपालमा लायन्सको स्थापना र लायन्सले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानबारे सहजीकरण गरिएको थियो ।

प्रमुख अतिथि लायन्स डिस्ट्रिक ३२५ बी वान नेपालका प्रथम भाइस डिस्ट्रिक गभर्नर विश्वेश्वर आचार्यले नेपालमा लायनवादको ५० वर्षको इतिहासमा सामाजिक क्षेत्रमा लायन्सले महत्वपूर्ण योगदान पुर्‍याएको बताउँदै निरन्तर सामाजिक सेवामा समर्पण गर्दै अगाडि बढ्न आग्रह गरे । लायन्सको मर्मबमोजिम समाजसेवा, समाजमा नेतृत्वदायी भूमिका तथा आपसी सद्भावका कार्य सञ्चालन गर्नुपर्ने उनको सुझाव थियो ।

लायन्स डिस्ट्रिक ३२५ बी वान नेपालका पीआरओ इन चिफ राम बसेलले सामाजिक सेवाका कार्यमा सबैसँग हातमा हात मिलाएर अगाडि बढ्न आग्रह गरे ।

लायन्स डिस्ट्रिक ३२५ बी वान नेपालका सिनियर एओजी मेघनाथ काफ्लेले लायन्स विविधताभित्रको एकता हो भने ।

लायन्स पीस हिमालयन सिटीका संस्थापक डा टेकनारायण पौडेलले लायन्सले समाज सेवाप्रति अटल छाप स्थापित गर्न सफल भएको बताए ।

लायन्स डिस्ट्रिक ३२५ बी वान नेपालका रिजन चेयरपर्सन वैकुण्ठ पौडेलले समन्वय र सहकार्य गर्र्दै सामाजिक सेवामा अगाडि बढ्न आग्रह गरे ।

जोन चेयरपर्सन गोविन्द काफ्लेले आपत्विपत् तथा संकटको बेला लायन्सको महत्वपूर्ण भूमिका हुने बताए ।

लायन्स क्लब अफ पोखरा पीस हिमालयन सिटीका अध्यक्ष टंकप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु भोजराज बराल, अनन्त पण्डित, बुद्धिमान शर्मा, सचिव छविलाल पौडेल, क्लबका पदाधिकारी एवम् सदस्य सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

  • भद्रकाली माविको ७३ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । पोखरा १३ कुँडहरस्थित भद्रकाली माविको ७३ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भयो ।…
  • रुपाताल संरक्षण परियोजना निर्माणमा जोड

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    लेखनाथ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले रुपाताल संरक्षण परियोजना निर्माणलाई तीव्र पार्नुपर्नेमा जोड दिएका छन् । पोखरा–३२…
  • काटिएका रुखका मुढा जफत

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । कोटीहोमका लागि भन्दै पोखराका वर्षौ पुराना वर, पीपल, शमी जातका रुखहरु काटेर थुपारिएका मुढाहरु पोखरा महानगरपालिकाले जफत गरेको…
  • नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । जन्मदिनमा हुने गरेका फजुल खर्च सामाजिक सेवामा लगाउनेहरु पनि समाजमा उत्तिकै छन् । ८५ वर्षीया एकजना ज्येष्ठ नागरिकले…
  • बालोदयमा इन्टेलेक्ट स्फेयर

    आदर्श समाज सम्वाददाता माघ २३, २०८१
    पोखरा । बालोदय मावि, बिरौटाको ३७ औं स्थापना दिवस अवसरमा दुइदिवसीय बालोदय इन्टेलेक्ट स्फेयर भएको छ । कार्यक्रममा स्टिममा आधारित…

hero news full width