नेपाल चीन सम्बन्ध स्थापनाको ६५ औँ वर्ष

रासस
श्रावण १७, २०७७
Nepal China

काठमाडौं, १७ साउन । आज अगष्ट १ अर्थात् नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सव । यसैअवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति सीले गत अक्टोबरमा गर्नुभएको नेपालको ऐतिहासिक राजकीय भ्रमण तथा त्यस अवसरमा दुवै देशले आपसी सम्बन्धलाई अझ उन्नत तुल्याउन विकास र समृद्धिका लागि चिरस्थायी मैत्रीयुक्त सहयोगको रणनीतिक साझेदारीको निर्णय गरेका स्मरण राष्ट्रपति भण्डारीले गर्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले गत अप्रिलमा आफूले गरेको चीनको राजकीय भ्रमण र त्यस बखत दुवै देशबीच भएका महत्वपूर्ण सम्झौता र समझदारीको पनि सम्झना गर्नुभएको छ ।

चीनले हासिल गरेको विकास र समृद्धिको प्रशंसा गर्दै राष्ट्रपतिले चीनको दुई शताब्दीको विकास लक्ष्य प्राप्तिमा सफलताको शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

उहाँले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट प्राप्त सहयोग र कोभिड–१९ महामारीविरुद्ध अत्यावश्क औषधि र उपकरणका साथै ज्ञान र अनुभव बाँडेकामा सराहना गर्नुभएको छ । रासस

Related News

सम्बन्धित समाचार

  • मगर दिवसमा वालिङ, कालिगण्डकी र हरिनासमा भोलि बिदा

    आदर्श समाज सम्वाददाता फागुन १४, २०८०
    पोखरा । मगर दिवसका अवसरमा स्याङ्जाका ३ पालिकाले सार्वजनिक बिदा दिएका छन् । मगर दिवसको अवसरमा फागुन १५ गते मंगलबार…
  • सेतीमा माछा मार्न गएका तामाङ मृत भेटिए

    आदर्श समाज सम्वाददाता फागुन १४, २०८०
    पोखरा । कास्कीको पोखरा महानगरपालिका– १७ महतगौंडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एकजनाको शव भेटिएको छ । हराएका…
  • ६ वर्षमा ३५ हजार साना उद्योग थपिए   

    आदर्श समाज सम्वाददाता फागुन १४, २०८०
    गण्डकी ।  पछिल्ला छ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार सात सय १६ घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग,…
  • अल्फा बोडिङ स्कुलको वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता फागुन १४, २०८०
    पोखरा । अल्फा बोर्डिङ स्कुल पोखरा– १६, लामाचौरको ३५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ । कार्यक्रम उद्घाटन गर्दै…
  • पोखरा आदर्शको रजत जयन्ती

    आदर्श समाज सम्वाददाता फागुन १४, २०८०
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा रजत जयन्ती समारोह, वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ…

hero news full width