पोखरा । सरकारले शिक्षण संस्थामा अबदेखि क्वारेन्टाइन र आइसोलेसन सञ्चालन नगर्ने निर्णय गरेको छ । विद्यालय भवन र परिसरमा क्वारेन्टाइन, आइसोलेसन सञ्चालन नगर्ने र त्यस्ता संरचना बनाई प्रयोग हुन छाडेका विद्यालय भवनलाई मापदण्डअनुसार निर्मलीकरण गर्ने सरकारको तयारी छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै विद्यालय, विद्यालय परिसरभित्र र विद्यार्थी आवागमनमा प्रतिकूल पर्ने वा विद्यालय क्षेत्रनिकट हुने गरी कोभिड–१९ रोकथाम र नियन्त्रणसम्बन्धी कुनै पनि संरचना नबनाउने र गतिविधि नगर्ने सरकारको निर्णय रहेको बताए ।
हाल मुलुकभरका ४ हजार ५ सय सामुदायिक विद्यालय र त्रिभुवन विश्वविद्यालयका २५ क्याम्पसमा क्वारेन्टाइन निर्माण गरिएको छ । तिनलाई स्थानीय तहले निर्मलीकरण गरी अध्यापन गराउन योग्य बनाउनुपर्ने मन्त्री खतिवडाले बताए ।
सरकारले देशभरका विद्यालय पुनः सञ्चालनको कार्यढाँचासमेत जारी गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन कार्यढाँचा जारी गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
सरकारले भदौ १ देखि विद्यार्थी भर्ना खोल्ने निर्णय यसअघि गरिसकेको थियो । विद्यार्थीको अभिलेखीकरण गरेर कोरोना संक्रमण कायम रहेसम्म वैकल्पिक विधिबाट पठनपाठनलाई निरन्तरता दिनुपर्ने मन्त्रालयले जनाएको छ ।
प्रवक्ता खतिवडाले शैक्षिक सत्र २०७६/७७ का परीक्षाको बाँकी नतिजा प्रकाशन गर्ने, भदौ १ देखि नयाँ विद्यार्थी भर्ना गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउने, पाठ्यपुस्तक उपलब्ध गराउने, कक्षागत विद्यार्थीको संख्या यकिन गर्ने र विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ शिक्षकहरू अविलम्ब विद्यालय पुग्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको बताए ।
Related News
सम्बन्धित समाचार
बेनी–जोमसोम सडक अवरुद्ध
निशुल्क कपाल काट्ने तालिम
कंक्रिट संरचनाले घट्दैछ धानखेत
‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’
मापदण्ड मिचेका संरचना हटाउन सुरु
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१