राष्ट्रिय खेलकुद परिषदमा श्रेष्ठसहित ६ सदस्य मनोनीत

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७७
sampanna shrestha

पाेखरा, १५ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सम्पन्न श्रेष्ठसहित ६ जना सदस्य मनोनीत भएका छन् ।

राखेप उपाध्यक्ष र सदस्यसचिवको पदभारको भोलिपल्टै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उनीसहित ६ जनालाई मनोनीत गरेका हुन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेपमा ३७ सदस्यीय बोर्ड रहने व्यवस्था छ ।

बागलुङ बिहु–४ का सम्पन्न श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकासका निवर्तमान अध्यक्ष हुन् ।

राखेप सदस्यसचिव सिफारिस समितिको सदस्य रहेका रिम रानाभाट र इन्दिरा निरौला सदस्य नियुक्त भएका छन् । राखेपका पूर्व अधिकृत समेत रहेका चितवन–२ का रानाभाट र ओखलढुंगा तलुवा–१ की निरौला खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टि डोपिङ विज्ञमध्येबाट मनोनीत गरेको मन्त्रालयले जनाएको छ । निरौला यसअघि पनि राखेप सदस्य थिइन् ।

यस्तै, राष्ट्रिय खेल संघको सिफारिसमा काठमाडौं चपलीका अर्जुनबहादुर केसी, चितवन भरतपुर–१ का सुवास श्रेष्ठ तथा परम्परागत साहसिक तथा पर्यटकीय खेलक्षेत्रको प्रतिनिधित्व हुने गरी गोवन्दप्रसाद भट्टराई मनोनीत भएका छन् ।

यसअघि मन्त्रिपरिषद्को बैठकले उपाध्यक्षमा शिव कोइराला र सदस्यसचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरेको थियो । उनीहरुको बुधबारमात्र पद तथा गोपनीयताको शपथ ग्रहण भएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width