फाइल तस्बिर
पोखरा । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले चैत ११ देखि नेपाल पनि लकडाउन गर्यो। लकडाउन १२० दिनसम्म लम्बियो । यसबीचमा विभिन्न मोडालिटी अपनाउँदै लकडाउन खुकुलो पार्दै आएपनि अन्य ठूला व्यवसायसँगै होटल तथा रेष्टुरेन्ट पनि ठप्प थिए ।
साउन ७ देखि चारमहिने लकडाउन अन्त्य गर्दै सरकारले साउन १५ देखि विभिन्न क्षेत्रसहित होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोनाका कारण शून्य भएको पर्यटकीय क्षेत्रमा व्यवसाय सुरु गर्ने वातावरण नभएको भन्दै व्यवसायीहरु भने अझै अन्योलमा परेको बताउँछन् ।
नेपाल भ्रमण वर्ष-२०२० लक्षित गरी नेपाल घुम्न आएका पर्यटकहरु पनि यतिबेला आ–आफ्नो देश फर्किसकेको अवस्था छ । त्यस्तो समयमा लगानी गरी व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन सञ्चालकहरु दोधारमा परेका छन् । यतिमात्र नभई दिनप्रतिदिन बढ्दो संक्रमितका कारण लकडाउनलाई अझै कडा बनाउनुपर्ने समयमा व्यवसाय सञ्चालन गर्दा कति सुरक्षित हुन सक्छौं भन्ने सञ्चालकहरुमा प्रश्न समेत उठेको छ । कोरोनाका कारण अहिले हरेक व्यवसायमा मन्दी नै लागेको छ । त्यसमा पनि यो अफिसिजनको समयमा व्यवसाय सञ्चालन गर्नु अर्काे ठूलो चुनौती रहेको व्यवसायहरुको गुनासो छ ।
पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले सरकारले साउनदेखि होटल व्यवसायहरु खुल्ला गर्ने भनेर सूचना पेस गरेपनि अहिले नै व्यवसाय खोल्ने अवस्था नरहेको बताउँछन् । ‘चार महिनाको लामो लकडाउनले व्यवसायमा धेरै ठूलो क्षति पुगेको छ, उनले भने, ‘त्यसकारण अहिले व्यवासाय संञ्चालन गर्नुभन्दा पनि तयारीमा जुट्दा नै उपयुक्त हुन्छ ।’
‘यो अफसिजनको महिना हो, अब हामी सिजनको लागि तयार भएर बस्नु पर्छ । सेप्टेम्बरबाट सिजन सुरु भएपनि आन्तरिक पर्यटकहरुको चहलचहल बढेपछि मानसिक रुपमा पनि व्यवसाय सञ्चालनमा तयार हुन सकिन्छ,’ उनले भने । त्यसकारण हामी अहिलेभन्दा पनि दशैँतिहारको लागि आन्तरिक पर्यटकलाई टार्गेट गर्ने गरी स्कीमहरु ल्याउने तयारीमा रहेको उनले बताए ।
‘अहिले लकडाउनकै कारण कर्मचारीहरु सबै गाउँ गएको अवस्था छ । उनीहरुको टेष्ट स्वास्थ्य चेकजाँचको पनि कुराहरु आउँछन्, होटल सञ्चालन गरिसकेपछि सुरक्षाका पनि कुराहरु आउँछन्, त्यसलाई पहिलो प्राथमिकतामा राखेर तयारी गर्नु जरुरी छ,’ उनले भने ।
यस्तै पोखरा पर्यटन परिषद्को पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले सरकारले भने जसरी अहिले नै होटल व्यवसाय खोलेर बस्न अधिकांश होटल तथा रेष्टुरेन्टहरु तयारी नरहेको बताउँछन् । ‘सरकारले यसै १५ गतेबाट व्यवसायहरु सञ्चालन गर् भनेरमात्र हुँदैन,’ उनले भने, ‘त्यसको लागि हामी पूर्व तयारीमा छौ कि छैनौं भन्ने विषय निकै महत्वपूर्ण हुन्छ ।’
सार्वजनिक यातायात र उडान सुचारु नहुँदासम्म कर्मचारीहरु पनि आउने अवस्था नरहेको उनको भनाइ छ । लकडाउनकै कारण सबै कर्मचारीहरु गाउँमै छन् । अर्काे कुरा यो परिस्थितिमा पर्यटक चलायमान हुने अवस्था नै छैन् । त्यसकारण यो अवस्थामा व्यवसाय खोल्नुभन्दा पनि सिजनको लागि तयारीमा बस्नु उपयुक्त हुन्छ,’ उनले भने ।
‘नेपालमा संक्रमितको सख्या भलै कम होला तर इन्डियामा दिनप्रतिदिन बढ्दो छ । लकडाउनका कारण घरमा गएका कर्मचारी आएपछि स्वास्थ्य चेकजाँच गरेरमात्र व्यवसाय अघि बढाउनु पर्छ,’ भट्टराइले भने । यति मात्र नभई महानगरपालिका र वडाको सहकार्यमा आफ्नो सिटीमा आउने सबै नागरिकहरुको टेष्ट गर्न सक्यो भने मात्र शहर सुरक्षित हुन सक्ने उनले बताए ।
अहिलेको अवस्थामा बाह्रय पर्यटकलाई भन्दा पनि आन्तरिक पर्यटकलाई जोड दिदैँ अघि बढ्न सकिने उनको भनाइ छ । ‘अहिले त आन्तरिक पर्यटक आउनु नै जोखिम बनेको छ, जसकारण हामीले पहिलो चरणमा सुरक्षा, कर्मचारीको सुरक्षा’ उनले भने ।
यस्तै थ्री सिस्टर एण्डभेञ्चरका संचालक लक्की कार्कीले पनि अहिले नै आतिएर व्यवसाय खोल्न नहुने हालतमा रहेको बताउँछिन् । ‘सरकारले लकडाउन खोले पनि संक्रमित बढ्ने अवस्था कम भएको छैन,’ ‘हामीले व्यवसाय खोल्नुभन्दा पहिला सुरक्षित हुने प्रवद्र्धन उपलब्ध गर्नुपर्छ,’ उनले भनिन् । पर्यटककीय हिसाबमा नै कुरा गर्ने हो भने यो अफसिजन हो । अहिले आतिएर खोल्नुभन्दा तयारीमा जुट्दा राम्रो हुने उनले बताइन् ।
पोखरामा करिब ७ सय पर्यटकीय होटल रहेका छन्, तीमध्ये संघमा आवद्ध ४ सय पश्चिमाञ्चल होटल संघसँग आबद्ध छन् । यस्तै, पोखराका होटल तथा रेष्टुराँ व्यवसायमा व्यवसायीको लगानी ५० अर्ब र बैंकको लगानी ७५ अर्ब रहेको पाइन्छ । यहाँ १२ हजार २९८ ले रोजगारी पाएका छन् ।
Related News
सम्बन्धित समाचार
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१