घर पहिरो जोखिममा परेपछि क्षतिपूर्ति माग

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७७
dhankuta

धनकुटा । अविरल वर्षाले पहिरो जाँदा धनकुटामा एक दर्जन उद्योगलाई क्षति पुगेको, दर्जनौं पसल तथा १ सय २७ जना व्यवसायीहरुको घर जोखिममा परेको भन्दै तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग धनकुटा उद्योग बाणिज्य संघले माग गरेको छ ।

संघका अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्य रेजिना पखिले लगायतका सदस्यहरु र कार्यालय सचिव सिचन प्रधान सहितको टोलीले धनकुटा बजारको पहिरोबाट क्षति पुर्‍याएको क्षेत्रहरुको स्थलगत रुपमा अनुगमन गर्दा एक दर्जन वटा उद्योगहरुलाई क्षति पुगेको र दर्जनौं पसल र १ सय २७ जना व्यवसायीहरुको घर जोखिममा परेको जनाएको छ । संघले क्षति भएका उद्योग र व्यवसायीहरुलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको हो ।

पहिरोबाट पशुपति ग्रिल उद्योग धनकुटा, मिलन फर्निचर उद्योग धनकुटालाई क्षति पुगेको र निशान ग्रिल उद्योग धनकुटा र कविता फलफूल प्रशोधन उद्योग, प्रकृति फूड प्रडक्सन उद्योग लगायत धनकुटा जिल्लाको एक दर्जनधन्दा बढी उद्योगहरु जोखिममा परेको र वरिष्ठ साहित्यकार तुलसी दिवसको धनकुटा वडा ६ स्थित सिरान बजारको घर फर्किएर जोखिम परेको र धनकुटा, हिले, पाख्रिबास, सिधुवा, सागुरीगढी, पाख्रिवास, शहीदभूमि, चौबिसे, छथरजोरपाटी, महालक्ष्मी नगरपालिका र धनकुटा बजार क्षेत्रका १ सय २७ जना व्यवसायीहरुको घरहरु पहिरोबाट जोखिममा परेको संघका अध्यक्ष राईले बताए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width