पाल्पामा विद्यालय शुरु

रासस
श्रावण १३, २०७७
school

तानसेन, १३ साउन । कोभिड–१९ को सङ्क्रमणको त्रासका कारण गत चैतदेखि मुलुकभरका विद्यालयहरुको पठनपाठन बन्द रहेको बेला यहाँका विभिन्न विद्यालयले पढाउन सुरु गरेका छन् । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीका कारण बन्द भएका विद्यालयले स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालनमा ल्याइएको विद्यालयले जनाएको छ ।

रामपुर नगरपालिकामा रहेका केही निजी विद्यालयले प्राथमिक तह माध्यामिक तहलाई पालो अनुसारको पढाइ शुरु गरेका छन् । निजी विद्यालय केहीले बिहान ७ बजेदेखि र केहीले ९ बजेदेखि शुरु गरेर कक्षा विभाजन गरी तीन ÷तीन घण्टा पढाइ सञ्चालन गरेका छन् । रामपुर अङ्ग्रेजी आवासीय विद्यालयले बिहान हात धोएर, स्यानीटाइजर तथा मास्कको प्रयोग गरी विद्यालय पुगेका विद्यार्थीलाई एक बेञ्चमा दुईका दरले राखेर पढाउन शुरु गरेको छ ।

विद्यालयका प्रिन्सिपल अनन्त भण्डारीले विद्यालय समयमा एउटा कक्षाको विद्यार्थी अर्को कक्षाकोसँग सम्पर्क नहुने तथा विद्यालय समयमा खाजा घर नखुल्ने र भीडभाड नहुने हुनाले उपयुक्त उपाय अपनाएर विद्यालय सञ्चालन गरिएको जानकारी दिए । लामो समयदेखि विद्यालय जान नपाएका विद्यार्थीहरु पनि अहिले पढ्न पाउँदा खुशी देखिन्छन् ।

सामुदायिक विद्यालयले गृहकार्य दिने तथा हप्तामा केही दिन बिराएर विद्यालयमै कक्षागत पालो लगाएर पढाइ शुरु गरेका जनाएका छन् । असार १७ गतेदेखि साउन ७ गतेसम्म टोलटोलको विद्यार्थी जम्मा पारेर शिक्षकले पढाउने कार्य पनि झन्झटिलो भएकाले स्वास्थ सुरक्षा अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय भएको रामपुर नगर शिक्षा समितिले जनाएको छ ।

यसअघि पहिलो चरणमा टोल शिक्षण, दोस्रो चरणको कार्यक्रम परियोजना कार्य, गृहकार्य, टेलिफोन सम्पर्क तथा घरघरमा शिक्षक तथा तेस्रो चरणमा विद्यालयले सुरक्षाका उपाय अपनाउँदै, भौतिक दूरी कायम राखी तीन घण्टासम्म वैकल्पिक सिकाइ सहजीकरण गरिने रामपुर नगरपालिकाका नगरप्रमुख तथा नगर शिक्षा समितिका अध्यक्ष रमणबहादुर थापा बताउँछन् ।

इन्टरनेटका माध्यमबाट अनलाइन कक्षा, टेलिभिजनको पढाइलाई निरन्तरता दिने, टेलिफोनबाट विद्यार्थीले शिक्षकसँग नबुझेको कुरा सोध्न सक्ने तथा नगरका प्रत्येक विद्यालयले विषयगत रुपमा विद्यार्थीका घर घरमा पुगेर गृहकार्य दिने कार्य गएकामा फेरि विद्यार्थीको भविष्यलाई ध्यानमा राख्दै कोभिड–१९ को सङ्क्रमणबाट सुरक्षित हुँदै विद्यालय सञ्चालन गरेको नगर शिक्षा शाखा प्रमुख विकले बताए ।

पाल्पाको पूर्वखोला गाउँपालिकाले भने टोलटोलको पढाइलाई निरन्तरता दिएको छ । टोलमा रहेका भवन, क्वारेन्टाइन नबनाइएका विद्यालयमा पढाइ सञ्चालन गरेको पालिकाले छ । विद्यार्थी संख्या तथा शिक्षकको संख्याको आधारमा एउटा वडाको करिब ४० भन्दा बढी टोलमा विद्यार्थीलाई शिक्षा प्रदान गरिएको जनउज्वल आधारभूत विद्यालय अर्खलडाँडाका शिक्षक दिल्लीराज पङ्गेनीले बताए ।

अहिले एउटा टोलमा १० जनासम्म विद्यार्थी राखेर शिक्षा प्रदान गरिएको शिक्षाशाखा प्रमुख डिल्लीराज ढुङ्गानाले जानकारी दिए । पूर्वखोला गाउँपालिका पाल्पाले शिक्षक स्वंयमसेवकसमेत परिचालन गरी शिक्षा प्रदानलाई व्यवस्थित बनाएको छ । निस्दी गाउँपालिका पाल्पाले पनि स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गरेको छ ।

गाउँपालिका कोरोनाको सङक्रमितको संखया नरहेको र अवस्था सामान्य नै रहेकोले स्वाश्थ्य सावधानी अपनाएर विद्यालयमा नै पढाइ सञ्चालन गरिएको शिक्षा अधिकृत प्रमोद यादवले बताए । शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका सूचना अधिकारी विष्णु बेल्वासेले भने तीनदेखि चार लाखसम्म छपाइ समग्रीका लागि सरकारको सहयोगसमेत प्राप्त भएका र केही स्थानीय तहले सिकाइ व्यवस्थापन मिलाएको बताए ।

जिल्लाको रम्भा, रिब्दीकोट, रैनादेवी छहरा, माथागढी, तिनाउ गाउँपालिकासँगै तानसेन नगरपालिकामा पनि टोल–टोलमा पढाइ सञ्चालन भएकोे शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाले जनाएको छ । विस्तारै अन्य विद्यालयहरुले पनि पठनपाठन सञ्चालन गर्ने बनाएका छन् । रासस

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width