लायन्स कैलाश चौतारीकोे वृक्षरोपण

एजेन्सी
श्रावण १२, २०७७
lions club news photo

लायन्स क्लब अफ पोखरा कैलाश चौतारीले पोखरा–१६ वाटुले चौरमा रहेको क्रियापुत्री भवन परिसरमा आइतबार वृक्षरोपण तथा गोडमेल गरेको छ ।

कार्यक्रमको लायन्स क्लब इन्टरनेशनल ३२५ वि १ का डिष्ट्रिक्ट ट्रि प्लान्टेशन डिपार्टमेन चिफ टिकाराम सापकोटाले उद्घाटन गर्दै क्लबहरुले वार्षिक रुपमा गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिँदै सामाजिक कार्यमा थप अग्रसर हुनुपर्ने बताए ।

सो अवसरमा कलस्टर २७ का कलस्टर प्रमुख शम्भुराज बास्तोला, रिजन चियरपर्सन पुष्पकुमारी आचार्य, जोन चियरपर्सन तीर्थराज आचार्यले क्लबले हरेक वर्ष वृक्षरोपणलगायतका सेवा तथा दीर्घकालिन सेवाका कार्य गर्दै आएको जानकारी दिए ।

क्लबका संस्थापक अध्यक्ष यादवप्रसाद पोखरेल, निवर्तमान अध्यक्ष तुलबहादुर थापा, कार्यक्रम संयोजक क्लबका सहकोषाध्यक्ष विष्णुनारायण श्रेष्ठले क्लबले वृक्षरोपण गरे तापनि रेखदेख तथा संरक्षण स्थानीय समुदायले पनि गरिदिन आग्रह गरे ।

क्लबका अध्यक्ष एकनारायण पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष लेखनाथ सुवेदीले र सञ्चालन सचिव प्रेम सुवेदीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width