छोराद्वारा आफ्नै बुबाको हत्या

रासस
श्रावण १२, २०७७
momentsbeforedeath

जुम्ला, १२ साउन | कनकासुन्दरी गाउँपालिका–४ का ऐनबहादुर शाहीले आफ्नै बुबा ७५ वर्षीय दानबहादुरको हत्या गरेका छन् । बाहिर मदिरा सेवन गरी घर आएका ऐनबहादुरमाथि कुटपिट गरी बुबाको हत्या गरेको आरोप लगाइएको छ ।

प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार छोरा ऐनबहादुरले आफ्नै बुबाको कुटपिट गरेर शनिबार राति हत्या गरेको बताए । छोरा ऐनबहादुरले मदिरा प्रयोग गरेर घटना गरेको प्रहरीले जनाएको छ । घटनापछि घाइते दानबहादुरलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ ।

छोरा ऐनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको र सदरमुकाम ल्याउनलाई प्रहरी निरीक्षक देवराज भट्टराई सहितको टोली कनकासुन्दरीको घटनास्थल चौकीमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको टाउको, आँखा र कोखामा चोटपटक लागेको छ । मृतक नेपाल प्रहरीका निवृत्त सहायक निरीक्षक भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width