रामबजारमा खुला रक्तदान

आदर्श समाज सम्वाददाता
श्रावण १२, २०७७
blood

पोखरा  । नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखा, लायन्स क्लब अफ पोखरा आँगन र श्रीकृष्ण मन्दिर संचालक समिति रामबजारको संयुक्त आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रामबजारको श्रीकृष्ण मन्दिर प्राङ्गणमा भएको कार्यक्रममा पहिलो रक्तदाता सुवी तण्डुकारलाई प्रमुख अतिथि पोखरा–१० का वडा अध्यक्ष राजकुमार गुरुङ्गले बल्डब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरे ।

उनले मन्दिरजस्तो पवित्र स्थानमा रक्तदान कार्यक्रम गरी अझ मानवीय सेवामा लागिपर्ने विश्वास गरिएको रक्तदान कार्यक्रम २ महिना अवधिमा वडामा ६ ठाउँमा गरिएको बताए । उनले कोरोनाविरुद्ध सबै सतर्कतापूर्वक रहन आग्रह गरे ।

उनले क्षेत्रीय रक्त संचार केन्द्र रामघाटको प्राविधिक सहयोगमा भएको कार्यक्रममा पहिला पटकदेखि ४५ आंै पटकसम्म रक्तदान गर्ने रक्तदाता सहभागी थिए । कार्यक्रममा कुल २१ जनाले रक्तदान गरे ।

वडा सदस्य प्रतिभा बिक पोखरेल, लायन्स क्लब अफ पोखरा आँगनका संस्थापक अध्यक्ष भागिरथी बाटाजू , लायन्स लायन्स क्लब अफ अन्तराष्ट्रिय ३२५बी१ का जोन ९० का जोन चियरपर्सन सन्तोष घिमिरे, लायन्स क्लब अफ अन्तर्राष्ट्रिय ३२५बी १ रक्तदान कार्यक्रम संयोजक बालकृष्ण, क्लस्टर कुलचन्द्र शर्मा, क्षेत्रीय रक्त संचार सेवा पोखराका प्राविधिक महेन्द्र केसी, डिपार्टमेन्ट चिफ मदनकुमार मुल्मी, श्रीकृष्ण मन्दिरका संरक्षण गणेशकुमार प्रधान, श्रीकृष्ण मन्दिर आमा समूहका अध्यक्ष अम्बिका राजभण्डारी, राम मन्दिर संचालक समिति अध्यक्ष एवं उपशाखाका उपसभापति जीवन श्रेष्ठ लगायत उपस्थित थिए ।

रेडक्रस सोसाइटी पोखरा–१० उपशाखा सभापति सम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन लायन्स पोखरा आँगनका सचिव विनोद श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा श्रीकृष्ण मन्दिर संचालक समितिका अध्यक्ष ज्ञानबहादुर थापाले स्वागत र लायन्स पोखरा आँगनका अध्यक्ष विश्व तण्डुकारले धन्यवाद ज्ञापन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width