प्राकृतिक उपचारबाट ४७ जनाले जिते कोरोना

रामकुमार श्रेष्ठ
श्रावण ११, २०७७
Coronavirus_green

नवलपरासी ११ साउन । पूर्वी नवलपरासीको अस्थायी कोरोना अस्पताल सामुदायिक प्राकृतिक चिकित्सालय रजहरबाट ४७ जनाले कोरोना जितेका छन्।

चिकित्सालयका अनुसार विभिन्न उमेर समूहका ६ महिला तथा ४१ पुरुष आइसोलेसन छोडेर घर फर्किएका हुन्।

घर फिर्नेहरुमा गैँडाकोटका ७ जना, देवचुली नगरपालिकाका ६ जना, सदरमुकाम कावासोतीका ८ जना र मध्यविन्दुका २ जना छन्।

यसैगरी, पहाडी बुलिङ्टार गाउँपालिकाका १३ जना, बौदिकालिकाका ३ जना, हुप्सेकोटका २ जना र विनयी त्रिवेणीका ६ जना छन्।

साउन ९ मा न्यानो फ्यारेन्जियल नमूना संकलन गरी पोखरामा गरिएको आरटी पीसिआर परीक्षणमा घर फर्कने सबैको नतिजा नेगेटिभ आएको थियो । यसअघि यहाँको आइसोलेसनबाट एकैपटक ६३ जनाले कोरोना जितेर घर फर्केका थिए।

हाल आइसोलेसनमा ४१ जनाले उपचार गराइरहेको र उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको चिकित्सालयका व्यवस्थापक हरिप्रसाद सापकोटाले बताए।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भई आइसोलेसन पुगेदेखि यहाँको प्राकृतिक उपचार पद्दति र मनोरञ्जनपूर्ण योगाभ्यासले कोरोनालाई सहजै जितेको घर फर्कनेहरुले बताए ।
चिकित्सालयका निर्देशक डा विनोद पौडेलले योग ध्यानसाथ आत्मवल वृद्धिका लागि मनोपरामर्स, प्रतिरोधी क्षमता विकासमा स्वस्थ भोजनसहित विजांकुरित गेडागुडी, गुर्जो, अश्वगन्धाजस्ता जडिबुटी दिने गरिएको जानकारी दिए।

डा पौडेलका अनुसार चिकित्सालयमा संक्रमितको उपचारभन्दा पनि उनीहरुमा रहेको भाइरस कसरी कम गर्न सकिन्छ भनेर आहारविहार सहितका प्राकृतिक विधि अपनाउने गरिएको छ ।
संक्रमण रोक्न दूधबेसार सेवन, घाँटी सफा राख्न जलनीति, उत्साह र स्फूर्तिका लागि नित्य, गायन तथा नृत्यमा सरिक गराइने गरिएको डा पौडेलले बताए।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width