पोखरा | कोरोना भाइरस प्रभाव कारण विद्यालय जान वञ्चित विद्यार्थीलाई पोखरा महानगरपालिकाले स्वअध्ययन सामग्री प्रदान गर्ने भएको छ । वडाका विभिन्न ८ वटालाई पहिलो चरणमा ती सामग्री वितरण गर्ने तयारीमा महानगर छ ।
वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार महानगर शिक्षा महाशाखाले ‘स्वअध्ययन सामग्री’ तयार गरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वितरण गर्न लागेको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा महमानगरका ८ वटा वडामा ५ हजार ६ जना विद्यार्थीलाई सो अध्ययन सामग्री वितरण गरिने छ ।
साउन ११ र १२ गते वितरण गरिने सामग्रीमा पहिलो दिन वडा ३३ का विद्यार्थीलाई शान्ति उदय मावि बरपाण्डेथुमबाट, वडा २३ कालाई सिद्धवराह मावि माझथुमबाट, वडा २४ कालाई वडा कार्यालयबाट र वडा २८ कालाई जनज्योति माविबाट अध्ययन सामग्री वितरण गरिने छ ।
दोस्रो दिन वडा २५ कालाई गौरीशंकर मावि हेमजा, वडा २२ कालाई लक्ष्मी आधारभूत विद्यालय पुम्दी, वडा ३१ कालाई अमरसिद्ध मावि पचभैया र वडा २१ कालाई वडा २१, कृष्तीबाट अध्ययन सामग्री वितरण गरिनेछ ।
विद्यालय जान वञ्चित विद्यार्थी लक्षित गरी महानगरपालिकाले विद्यार्थीमा सकारात्मक ऊर्जा सिर्जना गर्न र उनीहरुमा रहेको प्रतिभा प्रस्फुटन गराउन टेलिभिजन कार्यक्रम पोखरा शैक्षिक अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
भद्रकाली माविको ७३ औं वार्षिकोत्सव
क्यान्सर दिवसमा स्वास्थ्य शिविर
रुपाताल संरक्षण परियोजना निर्माणमा जोड
hero news full width
मुख्य समाचार
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१