नारायणीमा बगेर एकजना बेपत्ता

रासस
श्रावण ९, २०७७
Narayani

परासी, ९ साउन । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित नारायणी नदीले बगाएर एक व्यक्ति बेपत्ता भएका छन् । नदीले बगाएर ल्याएको दाउरा छोप्न गएका सुस्ता गाउँपालिका–५ का ५२ वर्षीय राधेश्याम कोइरीलाई आज बिहान नारायणीले बगाएको हो । सुस्ता–५ पक्लिहवास्थित ठोक्कर नं ३ मा दाउरा छोप्ने क्रममा उनी चिप्लिएर कोइरी नदीमा खसेको र अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

प्रहरी र स्थानीयवासीको टोलीले उनको खोजी गरिरहेको छ । यसअघि यही साउन ६ गते पनि सुस्ता गाउँपालिका–४ स्थित नर्सही थारूगाउँका ३२ वर्षीय सन्तु चौधरीलाई दाउरा छोप्ने क्रममा नदीले बगाएको थियो । उनी पनि अझै फेला परेका छैनन् । सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । नारायणी तटीय क्षेत्रका बासिन्दाले नदीले बगाएर ल्याउने काठ र वन्यजन्तु छोप्न खोज्दा वर्षेनी जनधनको क्षति हुने गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width