गुरुङको उपचारमा पौने ३ लाख सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७७
help

पोखरा । विश्व गुरुङको उपचार सहयोगार्थ युके र हङकङबाट संकलित दुई लाख ७५ हजार नगद प्रदान गरिएको छ ।

पर्वत मोदी–१, लौसिवोट घर भइ पोखराको फूलबारी बस्दै आएका २५ वर्षीय गुरुङ २ वर्ष अगाडि भर्‍याङबाट लडेका थिए । टाउकोमा गम्भीर चोट लागेका उनको हालसम्म पनि होस खुलेको छैन ।

उनको उपचारमा १ करोडभन्दा बढी रकम खर्च भइसकेको र हाल आर्थिक अभाव सिर्जना भएपछि युकेमा रहेका नेपाली, लौसिबोट हङकङ समाज र लौसिवोट युकेबाट आर्थिक सहयोग संकलन गरिएको थियो । सो रकम उनकी आमा डिलकुमारी गुरुङलाई प्रदान गरियो ।

सहयोगका लागि लौसिवोट हङकङ समाज र लौसिबोट युके समाजबाट एकमुष्ट ६० हजार र बेलायतमा रहेका पर्वतवासी जयन्ती गुरुङ र इन्द्र गुरुङको पहलमा संकलित २ लाख १५ हजार रुपैयाँ सहयोग संकलन भएको थियो ।

सहयोग रकम हस्तान्तरण गर्दै लौसिवोट पोखरा सम्पर्क समाजका अध्यक्ष लोकबहादुर गुरुङले विश्वको उपचारको क्रममा डिलकुमारी गुरुङले निकै दुख कष्ट व्यहोर्नुपरेको र यसरी दुखको वेलामा विदेशमा रहेरपनि सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । उनले समाजतर्फबाट १ लाख प्रदान गरिसकेको बताउँदै सो अवसरमा पुनः नगद ५ हजार रुपैयाँ सहयोग प्रदान गरे ।

सामाजिक अभियन्ता लक्ष्मी गुरुङले आफूले केही दिन पहिले विश्व गुरुङको बारेमा जान्ने मौका पाएको र उनको यथार्थ झल्किने गरी सामाजिक सञ्जालमा भिडियो र फोटो राखेर युकेमा रहेका दिदीवहिनीहरुले थाहा पाएर सहयोग जुटेको बताइन् ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width