‘स्मृतिमा श्रीमान् थुलुङ’ विमोचित

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७७
Shreeman Thulung photo

पोखरा | गायक, संगीतकार एवं गीतकार श्रीमान् थुलुङको स्मृतिमा प्रकाशित स्मृति ग्रन्थ पोखरामा विमोचन गरिएको छ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले “स्मृतिमा श्रीमान थुलुङ” नाम सो स्मृति ग्रन्थको विमोचन गर्दै स्मृति ग्रन्थले श्रीमान् थुलुङको सम्झना गराइरहने बताए।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं कास्की सह–इञ्चार्ज श्रीनाथ बराल, पूर्वाञ्चल सेवा समाज, कास्की अध्यक्ष गोपाल खड्का, स्मृति ग्रन्थ प्रकाशन समिति संयोजक डीबी राई, अनुज कुलुङ, किराँत सेवा समाज, कास्कीका अध्यक्ष लोकेन्द्र राई, संरक्षक डा. लक्ष्मीप्रसाद राई, त्रिवेणी संगीतालयका प्रबन्ध निर्देशक नवराज बराल, प्रकाशन समिति सम्पादक अनुराग अधिकारी, रुपिन्द्र प्रभावीलगायतले थुलुङको व्यक्तित्वको स्मरण गरे। यस्तै, स्मृति राई, संगीता राई र उमेश राईले थुलुङको सम्झनामा गीत सुनाए।

स्मृति ग्रन्थ बिक्रीबाट बचत रकम थुलुङको सम्झनामा अक्षयकोष स्थापना गरी हरेक वर्ष सङ्गीतको क्षेत्रमा अगाडि बढ्ने सङ्गीतकर्मीलाई सम्मान गरिनेछ।

स्मृति ग्रन्थको प्रकाशक तराना म्यूजिक सेन्टर र संरक्षक थुलुङकी श्रीमती विमला राई हुन्। ग्रन्थमा ४६ जनाले लेख लेखेका छन्।

संगीतकर्मी थुलुङले पोखरामा तराना म्यूजिक सेन्टर स्थापना गरी नयाँ प्रतिभा जन्माउन सहयोग गरेका थिए। उनको २०७५ चैत २८ मा दुर्घटनामा परी निधन भएको थियो।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width