पहिराेबाट ६९ घरपरिवार विस्थापित, छ विद्यालयमा क्षति

आदर्श समाज संवाददाता
श्रावण ८, २०७७
pahiro

symbolic pic

गाेरखा, ८ साउन । बारपाक सुलिकोट गाउँपालिकामा केही दिनदेखि परेको अविरल वर्षापछि आएको पहिराेका कारण ६९ घरपरिवार विस्थाापित भएका छन् ।

गाउँपालिकाको वडा नं १ र २ बाहेकका सबै वडाका गरी पहिराका कारण ६९ घरपरिवार विस्थापित भएका गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए।

लगातारको वर्षापछि आएको पहिरो वडा नं ३ को चित्रे भञ्ज्याङ, चिसापानी, काफलडाँडाका चार घरपरिवार विस्थापित भएको उनले जानकारी दिए । त्यस्तै वडा नं ४ को जौवारी, जेडाँडा र अर्चलेकालगायतका स्थानका १० घरपरिवार पहिराका कारण विस्थापित भएका अध्यक्ष भट्टको भनाइ छ ।

पहिराका कारण वडा नं ५ को पतेनाबारी र डुम्रेका चार घरपरिवार, वडा नं ६ को मसार र डाँडाका १४ घरपरिवार, वडा नं ७ को च्याजी पोखरी र डुम्रे र बालुवाका गरी १८ घरपरिवार विस्थापित भएका उनले जानकारी दिए। गाउँपालिका अध्यक्ष भट्टका अनुसार वडा नं ८ को तिनखण्डे, जराङलगायतका स्थानका १९ घरपरिवार पहिराले विस्थापित भएका छन् ।

निरन्तरको वर्षापछि आएको पहिराले गाउँपालिकाभित्रका छ वटा विद्यालयमा समेत क्षति पु¥याएको उनले बताए।

पहिराका कारण वडा नं ६ ताकुकोटमा रहेको सूर्यज्वति माध्यामिक विद्यालय र मनासलु आधारभूत विद्यालय बहकोटको भवनमा क्षति पुर्‍याएको अध्यक्ष भट्टले बताए। त्यस्तै वडा नं ४ सौरपानीमा रहेको मूलदेवी आधारभूत विद्यालय, हिमालय माध्यामिक विद्यालय, वडा नं २ बारपाकस्थित कन्यादेवी आधारभूत विद्यालय, वडा नं ३ शिम्भुमा रहेको शिव आधारभूत विद्यालयमा पनि पहिराले क्षति पु¥याएको उनले जनकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width