विधेयकमार्फत् प्रदेशको खेलकुदलाई व्यवस्थित बनाउँछौं: मन्त्री पुन

एजेन्सी
श्रावण ८, २०७७
sports-photo-pkr

गण्डकी प्रदेश तेक्वान्दो संघले गण्डकी प्रदेशका ३८ जना खेलाडीलाई राहत वितरण गरेको छ ।

राहत वितरण गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले कोभिड १९ का कारण मन्त्रालयले सबै क्षेत्रमा ध्यान पुर्याउन नसकेको बताउँदै भनिन–“स्वास्थ्य क्षेत्रमा ध्यान दिनुपर्ने भएकोले खेलकुदमा ध्यान पुग्न सकेको छैन, तर पनि हामी खेलकुद विकास विधेयक ल्याएर प्रदेशको खेलकुदलाई व्यवस्थित बनाउन प्रयास गर्दैछौ ।”

गण्डकी प्रदेश सभाको यहि अधिवेशनबाट प्रदेशको खेलकुद विकास विधेयक ल्याउनका लागि अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री पुनले प्रदेशको खेलकुद समिति गठन भए संगै प्रदेशको खेलकुद गतिविधिहरु रफ्तारका साथ अघि बढ्ने बताइन । “खेलकुद विधेयक आए संगै गण्डकी प्रदेशले देशकै खेलकुदको नेतृत्व गर्ने गरि अघि बढ्नेछ”, उनले भनिन ।

कार्यक्रममा मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरे समस्याका बेला वितरण हुने यस्ता राहतले खेलाडीमा उत्साह जगाउने बताउँदै भने–“खेलकुद पदक जित्नका लागि मात्रै नभई अनुशासित र स्वस्थ्य जीवनका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।”
सोअवसरमा संघका महासचिव रमेश पौडेल र कोषाध्यक्ष माइकल कर्माचार्यलेसमेत आइओएफटिसीलाई आभार व्यक्त गर्दै समस्यामा रहेका खेलाडी र प्रशिक्षकलाई आगामी दिनमा पनि सहयोग जारी रहने बताए ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रममा संघले कोभिड १९ का कारण समस्यामा परेका खेलाडीलाई राहत वितरण गरेको हो । संघले ५ जिल्लाका ३८ जनालाई तीन हजारका दरले एक लाख १४ हजार नगद प्रदान गरेको संघका अध्यक्ष जगन गुरुङले जानकारी दिए ।

अमेरिका स्थित ‘इन्टरनेशनल ओपन फ्रेण्डसीप तेक्वान्दो च्याम्पियनसीप’ (आइ.ओ.एफ.टि.सी) को ८० हजार सहयोग र कार्यसमितीका पदाधिकारीबाट संकलित रकमबाट खेलाडीलाई राहत वितरण गर्न सहज भएको अध्यक्ष गुरुङले बताए ।
उनले भने–“कोभिड १९ का कारण खेलाडी मात्रै नभई धेरै तेक्वान्दोका डोजाङ र प्रशिक्षकसमेत समस्यामा छन्, यो सानो सहयोगले खेलाडीलाई राहत पुग्नेमा विश्वास लिएका छौं ।”

स्मरण रहोस् कास्की जिल्ला तेक्वान्दो संघले हालै पोखरामा रहेका २३ वटा डोजाङका प्रशिक्षकलाई समेत १०–१० हजारका दरले राहत वितरण गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width