पोखरा, ७ साउन । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवस बुधवार पोखरामा मनाइएको छ ।
पोखरा–७ नुवारथोक स्थित पुष्पलाल पार्कमा ४२ औं स्मृति सभा गरी पुष्पलालको सम्झना गरिएको हो । पुष्पलाल स्मति प्रतिष्ठान कास्कीद्धारा आयोजित स्मृति सभामा पुष्पलालको सम्झनामा मौनधारण र पुष्पलालको शालिकमा माल्यार्पण गरिएको थियो ।
स्मृति सभाका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवं कास्की जिल्ला सह–इन्चार्ज श्रीनाथ बराल र अर्का केन्द्रीय सदस्य चुडामणि जंगली थिए ।पुष्पलाललाई सम्झदै उनको विचार र बाटोलाई अगाल्दै नेकपा अगाडि वढ्नु पर्ने केन्द्रीय सदस्य श्रीनाथ बरालले बताए ।
नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक संघर्ष, सामाजिक मुक्ति एवं राष्ट्रिय स्वाधिनताको आन्दोलनमा कमरेड पुष्पलालका योगदानहरु अविस्मरणीय छन् । वि.सं.२००५ सालमा विश्व प्रसिद्ध कम्युनिष्ट घोषणापत्रको नेपाली अनुवादमार्फत नेपालमा माक्र्सवादी विचारधाराको विधिवत् आरम्भ गरेका पुष्पलालले आफ्ना सहयोद्धाहरुसँग मिलेर २००६ साल वैशाख १० (२२ अप्रिल १९४९) मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।
पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी संघर्ष र वलिदानका ७१ औँ वर्ष पार गर्दै आज राष्ट्रकै मुख्य राजनीतिक शक्तिका रुपमा स्थापित हुन सफल भई राज्यको नेतृत्व गरिरहेको छ । वि.सं.२०७५ साल जेठ ३ गते नेकपा(एमाले) र नेकपा(माओवादी केन्द)ं वीच ऐतिहासिक एकता सम्पन्न भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन भएको छ । प्रतिष्ठान कास्कीका अध्यक्ष विजयबाबु वनवासीको अध्यक्षतामा भएको स्मृति सभामा नेबपाका नेताहरु विश्वप्रकाश लामिछाने, मदनकाजी श्रेष्ठ, तेजनारायण अधिकारी, कोमलनाथ बराल लगायतका नेता तथा कार्यकर्ता सहभागी थिए ।
Related News
सम्बन्धित समाचार
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
एमाले वडा कमिटी पोखरा–१९ को पदस्थापन
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
माघ २२, २०८१कोटिहोमलाई दाउरा, मासिए चौतारा
माघ २०, २०८१