पोखरा । कोरोना भाइरस (कोभिड–१९) संक्रमणकै कारण ४ महिनादेखि बन्द सवारी लाइसेन्स फाराम अझै २ महिना नखुल्ने भएको छ ।
यातायात व्यवस्था विभागले कोरोना संक्रमणकै कारण परिस्थिति अझ सहज हुन नसकेको भन्दै नयाँ सवारी लाइसेन्स फाराम २ महिनापछि धकेलेको हो ।
यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र पोखराका सूचना अधिकारी प्रेमप्रसाद श्रेष्ठका अनुसार विभागबाटै २ महिनाका लागि नयाँ सवारी लाइसेन्सको फाराम नभर्न र अनलाइनबाट पनि फाराम नभर्न भनिएको छ ।
गत महिना असार १ देखि कार्यालय खुले पनि सेवाग्राहीको चाप भने निकै कम छ । अहिले कार्यालयबाट लकडाउनअघिका लाइसेन्स वितरण र लाइसेन्सको प्रतिलिपि दिने काममात्र भएको जनाइएको छ । लकडाउनअघि सवारी लाइसेन्स परीक्षा उत्तीण र ट्रायल पास भएकामध्ये २३ हजार सवारी लाइसेन्स अघिल्लो महिना वितरण गरिएको कार्यालय प्रमुख भरतराज काफ्लेले दिए ।
‘गाडी, स्कुटर र मोटरसाइकल लाइसेन्सको ट्रायल पास ५ सय जना र लिखित पास गरी ट्रायल बाँकी रहेका ५ सयको लागि लाइसेन्स छिट्टै टुङ्गाउन विभागमा अनुरोध गरेका छौं,’ काफ्लेले भने ।
यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र शाखाबाट असारमा लाइसेन्स वितरण र लाइसेन्सको प्रतिलिपिबाट ९७ लाख रुपैयाँसहित आव २०७६÷०७७ मा कुल १६ करोड १८ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाइएको छ ।
यता, कार्यालयमा सेवा लिनेको संख्या पहिलेको तुलनामा एकतिहाइमात्र छ । काफ्लेले भने, ‘राजस्व वृद्धि गर्न नयाँ लाइसेन्सका लागि फाराम खोल्नु आवश्यक छ । सार्वजनिक यातायातका साधन संचालन नभएसम्म नयाँ सवारी लाइसेन्सका लिखित र ट्रायल हुन सक्दैन । लिखित र ट्रायल दिन सर्वसाधारणको भीड नै लाग्ने भएकाले कोरोना संक्रमण न्यूनीकरण नभएसम्म सम्भव छैन ।’
अर्कोतर्फ डाइभिङ इन्स्टिच्युट व्यवसायीले नयाँ सवारी लाइसेन्सका लागि फाराम छिटो खोल्न आग्रह गर्दै आएका छन् । विभागले नयाँ सवारी लाइसेन्सका लागि फाराम नखोल्दा लाखौंदेखि करोड रुपैयाँसम्म लगानी गरेर संचालित ड्राइभिङ इन्स्टिच्युट संकटमा परेको व्यवसायीहरु बताउँछन् ।
कार्यालयको सवारी चालक अनुमतिपत्र पोखरामा ४० जनाको कर्मचारीको दरबन्दी भएपनि हाल २३ जनामात्र कर्मचारी रहेको जानकारी अधिकृत काफ्लेले दिए ।
Related News
सम्बन्धित समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
माघ २२, २०८१कोटिहोमलाई दाउरा, मासिए चौतारा
माघ २०, २०८१पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन
माघ १९, २०८१पाठेघरको मुखको क्यान्सरबाट बँच्न एचपिभी खोप अभियान, गण्डकीमा १ लाख ५ हजारलाई दिइने
माघ १८, २०८१