थपिए १५० संक्रमित, ७ जिल्ला कोरोना मुक्त

आदर्श समाज संवाददाता
श्रावण ६, २०७७
Coronavirus_green

पाेखरा, ६ साउन । नेपालमा मंगलबार १ सय ५० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमित संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गएको २४ घण्टामा मुलुकका विभिन्न ठाउँमा भएको पीसीआर परीक्षणमा १ सय ५० जनामा कोरोना देखिएको हो ।
सबैभन्दा बढी धनुषामा २९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै कञ्चनपुरमा २०, महोत्तरीमा १४, दैलेखमा १०, काठमाडौँ र उदयपुरमा ८/८, चितवन र मकवानपुरमा ५/५, बझाङ र डोटीमा ४/४, मोरङ, गोरखा, म्याग्दी, स्याङ्जा, बागलुङ, बाँके, सर्लाही, दाङ र कैलालीमा ३÷३ जना सङ्क्रमित थपिएका छन् ।

यस्तै झापा, इलाम, पर्सा, रामेछाप र सल्यानमा २/२ तथा सप्तरी, काभ्रेपलाञ्चोक, कैलाली, नुवाकोट, ललितपुर, नवलपरासीमा १/१ जना सङ्क्रमित थपिएका छन् ।

विगत २४ घण्टामा ६ सय ९ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म १२ हजार ४ सय ७७ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्।

हालसम्म ३ लाख २३ हजार ८ सय ३५ नमूना पिसिआर विधिबाट परीक्षण गरिएको छ । क्वारेन्टिनमा २१ हजार ७ सय ४ र आइसोलेशनमा ५ हजार ४ सय ७७ जना रहेका छन् ।

रौतहट तथा सुदूरपश्चिम प्रदेशको कैलाली र बाजुरामा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।

सात जिल्ला कोरोनाको सक्रिय सङ्क्रमित मुक्त भएका छन् । भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङमा कोरोनाको सक्रिय सङ्क्रमित छैनन् ।

नेपालमा हालसम्म कोरोनाका कारण ४० जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width