पोखरा । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी प्रतिभा मालीलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषमार्फत आर्थिक सहयोग प्रदान गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत रहेको कोषले घाइते बनेकी प्रतिभालाई सहयोग प्रदान गरेको हो । कोषको ब्याज रकमबाट खेलाडीलाई सहयोग गर्दै आएकोमा यसपटक २ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।
महिला भलिबल टोलीकी महŒवपूर्ण सदस्य प्रतिभाले गत माघमा खेल दौरान चोट लागेपछि शल्यक्रिया गराएर हाल फिजियोथेरापी गराइरहेकी छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले प्रतिभाले फिजियो गराउने ग्वार्कोस्थित अर्थोप्लास्ट रिहाविलिटेसन सेन्टर पुगेर २ लाख रुपैयाको चेक हस्तान्तरण गरे ।
चेक हस्तान्तरणमा खेलाडी संघका निर्वतमान अध्यक्ष दीपक विष्ट, संघका महासचिव शिवसुन्दर गोथे, १३औं दक्षिण एसियाली खेलकुदकी दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यको उपस्थिति थियो ।
प्रतिभाको उपचारका लागि राखेपले यसअघि नै ५ लाख रुपैयाँभन्दा बढी उपलब्ध गराएको थियो । त्यस्तै, भलिबल संघका पदाधिकारीले पनि व्यक्तिगत रूपमा सहयोग गरेका थिए । उपचार खर्च नपुगेका कारण प्रतिभाले कल्याणकारी कोषमा दिएको निवेदनका आधारमा सहयोग गरेको हो ।
नेपालको महिला भलिबल राष्ट्रिय टोली तथा होङवान्जी न्यू–डायमण्डकी ओपन स्पाइकर प्रतिभाले नेपाललाई एभीसी सेन्ट्रल जोनको उपाधि र १३ औं सागमा रजत पदक जिताउन महŒवपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । गत माघमा एनभीए कप क्लब च्याम्पियनसीपमा एपीएफविरुद्ध फाइनल खेल्ने क्रममा प्रतिभाको बायाँ घुँडामा चोट लागेको थियो । त्रिपुरेश्वरस्थित ब्लुक्रसमा उनको घुँडाको शल्यक्रिया गरिएको थियो । त्यसको केही समयपछिबाट उनले अर्थोप्लास्टमा फिजियो गराउँदै आएकी छन् ।
Related News
सम्बन्धित समाचार
पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता
हिसानको फुटसल सुरु
अली मियाँ फुटबल जारी
आहा रारामा ११ टिम टुंगो
आहारारा सफल पार्न संघसंस्थासँग छलफल
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१