कपडा व्यवसायी एशोसियसन कास्कीद्वारा आयोजित रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ ।
रक्तसंचार केन्द्र कास्कीको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा पोखरा–९ का अध्यक्ष रामराज लामिछानेले पहिलो रक्तदाता विष्णु अधिकारीलाई ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले हालै मात्र नेपाल राष्ट्र बैकद्वारा जारी मौद्रिक नीतिले व्यवसायीका समस्याहरु सम्बोधन गर्ने प्रयास गरेको बताए ।
कार्यक्रममा एशोसियसनका संस्थापक अध्यक्ष रामजीप्रसाद बास्तोला, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य रामेश्वर अधिकारी, चिप्लेढुगां सिद्धार्थचोक व्यवसायी समितिका अध्यक्ष डिबी भुजेल, भाडा व्यवसायी समिति कास्कीका अध्यक्ष बलराम तिमिल्सिनाले बोलेका थिए ।
यस्तै थोक व्यवसायी संघ पोखराका अध्यक्ष टामलाल घिमिरे, फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका प्रथम उपाध्यक्ष राजु पौडेल, सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष एकनारायण पनेरु र बुद्धविशाल बजार व्यापारीक एशोसियसनका उपाध्यक्ष शिव शर्माले पनि बोलेका थिए ।
सो अवसरमा आगलागी पीडित एशोसियसनका साधारण सदस्य स्मार्ट फेसनका सञ्चालक पशुपति ताम्राकारलाई नगद १० हजार सहयोग प्रदान गरिएको छ । एशोसियसनका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यक्रम संयोजक विरेन्द्र कुवँर र संचालन महासचिव धर्ममानसिह भण्डारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
भद्रकाली माविको ७३ औं वार्षिकोत्सव
रुपाताल संरक्षण परियोजना निर्माणमा जोड
काटिएका रुखका मुढा जफत
नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग
बालोदयमा इन्टेलेक्ट स्फेयर
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१