तनहुँको भानुमा पहिरोले २ घर पुर्‍यो

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७७

तनहुँ, ५ साउन । अविरल बर्षाका कारण तनहुँको भानुनगरपालिका स्थित सिमलगैरामा २ घर पहिरोले पुरेको छ ।

दिउँसो २ बजेतिर गएको पहिरो गएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

पहिरो लगत्तै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र स्थानीय घटना स्थलमा पुगेको छ ।

घाइतेमध्ये एकजनाको गम्भीर अवस्थामा उद्धार गरिएको पौडेलले बताए ।

भारि बर्षाका कारण उद्धार कार्यमा कठिनाई भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width