पूर्व वडाध्यक्ष गुरुङको निधन

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७७
Shiva Gurung

लेखनाथ । नेपाली काँग्रेस पोखरा वडा ३२ का सहसंयोजक तथा साविक लेखनाथ नगरपालिका वडा १४ का वडाअध्यक्ष शिव गुरुङको ६४ वर्षको उमेरमा निधन भएको छ ।

मधुमेह र उच्च रक्तचापका कारण लामो समयदेखि बिरामी गुरुङको शनिवार राति उपचार क्रममा निधन भएको नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधि मोहन प्रधानले जानकारी दिएका छन् । उनी काँग्रेस राजनीतिमा क्रियाशील हुँदै सामाजिक क्षेत्रमा अग्रसर थिए ।

स्व. गुरुङको आइतवार धार्मिक परम्पराअनुसार शवयात्रा सहित अन्त्येष्टि गरिएको छ ।

उनको पार्थीव शरीरमा पूर्व मन्त्री यज्ञबहादुर थापा, कास्की काँग्रेसका सभापति कृष्ण केसी, क्षेत्र १ का क्षेत्रीय सभापति बृजमान गुरुङ, महासमिति सदस्य बुद्धिमान गुरुङ लगायतले पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width